शंखरापुरमा विज्ञान प्रर्दशनी : प्राविधिक शिक्षा अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको मेयर नापितको भनाई
शंखरापुर नगरपालिका प्रमुख रमेश नापितले नगरपालिकाले प्राविधिक र सीपमुलक शिक्षामा जोड दिने बताउँनुभएको छ । सोमबार साँखुमा रहेको भगवती मावीमा राष्ट्रिय विज्ञान दिवसको अवसरमा शंखरापुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा र ६ नम्बर वडा कार्यालयले संयुक्त रुपमा आयोजना गरेको विज्ञान प्रदर्शर्नीको अवलोकन गर्दै विद्यार्थीले कितावबाट सिकेको सैद्धान्तिक ज्ञानलाई बैज्ञानिक समाग्रीको रुपमा प्रस्तुत गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमका लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘विज्ञान प्रविधीमा नेपाल पछि परेको अवस्थामा, भाइबैनीले कक्षामा सिकेको ज्ञानलाई यहाँ सबैसामु प्रस्तुत गर्दा उनिहरुको हौसला पनि बढ्ने र भविष्यमा नविनम कामहरु गर्ने आत्मविश्वास बढाउनका यो प्रदर्शनी फलदायी भएको छ ।’

अहिलेको समयमा प्रविधीँंग अगाडी बड्नसक्नुपर्ने कुरामा जोड दिदै उहाँले भन्नुभयो–‘ आगामी दिनमा यस्ता कार्यक्रमहरु गर्न नगरले जोड दिने छ । नगरपालिकाले बालबालिकाहरुको श्रृजनशिलता बढाउने कामलाई विशेष जोड दिएको छ ।’ प्राविधिक शिक्षालाई जोड दिँदा त्यो शंखरापुर विकासको आधार बन्ने उहाँले बताउँनुभयो ।
सो विज्ञान प्रदर्शनीलाई पुरस्कार प्रायोजन वरिष्ठ शाखा अधिकृत तथा सुचना अधिकारी सुभद्रा पुडासैनीले गर्नुभएको थियो । प्रदर्शनीमा नगरभित्र रहेका १६ ओटा विद्यालयहरु सहभागी रहेका थिए । प्रदर्शनीको नगरप्रमुख रमेश नापितले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा माध्यमिक तहका विध्यार्थीहरुले आफुले बनाएका वैज्ञानिक सामाग्रीहरु प्रदर्शन गरेका थिए । प्रदर्शनीमा एउटा स्कुलबाट दुइओटाका दरले वैज्ञानिक सामाग्रीहरु प्रस्तुत गरिएको थियो । प्रदर्शनी नगरप्रमुख नापित, उपप्रमुख समिता श्रेष्ठ, नगरप्रवत्ता राधाकृष्ण श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अमृतकुमार धिताल, शिक्षा शाखा प्रमुख रविप्रसाद शर्मा, सुचना अधिकारी सुभद्रा पुडासैनी, शिक्षा अधिकृत प्रमिला पुडासैनी लगायत विभिन्न स्कुलबाट आएनुभएका शिक्षक तथा प्रधानाध्यापकहरु तथा स्कुलका विध्यार्थीहरुले अवलोकन गर्नुभएको थियो ।

सो अवसरमा उपमेयर समिता श्रेष्ठले विध्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागी यस्ता कार्यक्रमहरुले विशेष महत्व राख्ने बताउनु भयो । बर्षको कम्तिमा दुई तिनवटा यस्ता कार्यक्रम राख्न पाए विध्यार्थीहरुलाई व्यवहारिक रुपमा शिक्षा लिन सहयोगी हुने उल्लेख गर्नुभयो ।
यस्तै आयोजक वडा नम्बर ६ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण श्रेष्ठले नगरपालिकाले ढिलो भएतापनि प्रदर्शनी आयोजना गरेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, अबका बर्षहरुका थप भव्यताका साथ प्रदर्शनी गर्नका लागी हामीहरुलाई उर्जा मिलेको छ ।’
त्यस्तै शिक्षा शाखा प्रमुख रवि शर्माले जनप्रतिनिधीहरु तथा विध्यार्थीहरु उत्साहजनक रुपमा सहभागी रहेको र रुचीका साथ अवलोकन गरेको बताउदै कार्यक्रम सफल भएको बताउनुभयो । त्यस्तै वरिष्ठ शाखा अधिकृत तथा पुरस्कार प्रायोजक सुभद्रा अधिकारीले विध्यार्थी भाईबैनीहरुले सिर्जनात्मक कार्यबाट देशका लागी योगदान गर्न सकुन भनेर आफ्नो जन्मोत्सवको अवसर समेत पारेर नगरले गरेको कार्यक्रममा आफुले पुरस्कार प्रायोजन गरेको जानकारी दिनुभयो ।




प्रतिक्रिया दिनुहोस