दुर्गा प्रसाईँ पक्राउ
काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।
प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।



प्रतिक्रिया दिनुहोस