सेन्ट लरेन्स कलेजकी छात्रा गंगा पुरीले जितिन ‘मोष्ट इन्स्पायरिङ’ उपाधि

पश्चिम खबर
३ कार्तिक २०८१, शुक्रवार

काठमाडौंको चावाहिलस्थित सेन्ट लरेन्स कलेजकी कक्षा १२ की छात्रा गंगा पुरीले प्रतिष्ठित मिस हेरिटेज इन्टरनेशनल नेपाल २०२४ प्रतियोगितामा ‘मोष्ट इन्स्पायरिङ’ उपाधि जितेर कलेज र आफ्नो नाम उच्च बनाउन सफल भएकी छिन्। प्रतियोगितामा भाग लिँदा गंगाले सार्वजनिक भाषण, आत्म–स्वीकृति, र आत्म–प्रस्तुति जस्ता महत्त्वपूर्ण सीपहरू सिक्ने अविश्वसनीय अनुभव सँगालेको बताएकी छिन् ।
उपाधी जितेपछि उनले भनिन “म विजेताको उपाधि जित्न नसके पनि धेरैको मन जितेको छु भन्ने कुरामा गर्व गर्दछु । विशेष गरी ‘मोष्ट इन्स्पायरिङ’ को उपाधि पाउनुले मलाई अपार आनन्द दिएको छ ।”
उनले आफ्नो यो सफल यात्रामा साथ दिने सबै शुभचिन्तकहरू र आफूलाई अगाडि बढाउन मार्गनिर्देशन दिने कलेज प्रशासनप्रति आभार प्रकट गरेकी छिन् ।
सेन्ट लरेन्स कलेजले गंगाको सफलतामा खुसी व्यक्त गर्दै, प्रतिभावान विद्यार्थीहरूलाई अवसर दिन सदैव तयार रहेको बताएको छ । कलेजका अध्यक्ष केशवप्रसाद दंगाल, प्रिन्सिपल पुरुषोत्तम महर्जन र प्रवन्ध निर्देशक ताराप्रसाद सुवेदीले पनि गंगालाई बधाई ज्ञापन गरेका छन् । ग्रीन आर्ट मिडियाले गरेको प्रतियोगितामा उनले सो उपाधी हासिल गरेकी हुन । सेन्ट लरेन्स कलेजमा कानुन विषय लिएर उनी कक्षा १२ मा अध्ययनरत छिन् ।


धेरै पढिएको