पूर्व मेयर पीएल सिंहको निधन, महानगरले दियो शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ। पारिवारिक स्रोतका अनुसार उनको साेमबार (आज) उपचारका क्रममा निधन भएको हो। नेपाली कांग्रेसका नेता सिंह लामो समयदेखि आन्द्रासम्बन्धी समस्याबाट पीडित थिए।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिनका लागि बिहान ११ बजेसम्म चक्सिबारीस्थित निवासमा राखिने छ। त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टाका लागि राखिने जानकारी प्राप्त भएको छ। सिंहको अन्त्येष्टि आजै गरिने बताइएको छ।
काठमाडौं महानगरपालिकाले पूर्व मेयर सिंहको सम्मानमा आज शोक बिदा दिएको छ। अत्यावश्यक सेवाबाहेक महानगरका सबै कार्यालय बन्द गरिएको महानगरपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस