काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढ्ने सम्भावना रहेको जनाएको छ। सोमबार (पुस १७) का लागि जारी पूर्वानुमानअनुसार अधिकांश स्थानमा चिसो बढ्ने सम्भावना छ भने तराई क्षेत्रमा घना कुहिरो लाग्न सक्ने चेतावनी दिइएको छ।
- कोशी, मधेश, र बागमती प्रदेशमा हिमाली क्षेत्रमा मुख्यत: सफा रहनेछ भने पहाडी र तराई क्षेत्रको मौसम कुहिरोले प्रभावित हुने सम्भावना छ।
- गण्डकी र लुम्बिनी प्रदेशमा बिहान र राति कुहिरो लाग्ने सम्भावना रहेको छ। साथै हिमाली क्षेत्रमा आंशिक बदली र चिसो बढ्ने सम्भावना रहेको छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने चिसो बढ्न सक्ने जनाइएको छ।
महाशाखाले चिसो र कुहिरोबाट हुने स्वास्थ्य जोखिम र दैनिक जीवनमा असर हुन सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस