रास्वपाको सचिवालय बैठक आज: समसामयिक राजनीति र आगामी योजना मुख्य एजेन्डा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (शुक्रबार) दिउँसो ३ बजे केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने भएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षा, केन्द्रीय विभागमा मनोनयन, र आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
पार्टीको नेतृत्व अहिले कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सम्हालिरहेका छन्। सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि यही पुस ८ गते बसेको पार्टी बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस