काठमाडौंमा तमु ल्होसारको उत्सव: गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै

पश्चिम खबर
१६ पुष २०८१, सोमबार

काठमाडौं– गुरुङ समुदायले आज नयाँ वर्षको स्वागत गर्दै भव्य रूपमा ‘तमु ल्होसार’ मनाउँदै छन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ। यो पर्व गुरुङ समुदायको प्रमुख नयाँ वर्ष हो, जसलाई विशेष महत्वका साथ मनाइन्छ।

‘तमु ल्होसार’ सूर्यको किरणसँग सम्बन्धित पर्व हो। लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतजस्ता गुरुङ बाहुल्य क्षेत्रहरूमा सूर्यको ताप पहिले आउने हुँदा पुस १५ मा यो पर्व मनाउने चलन छ। यसैगरी, क्रमशः तामाङ र शेर्पा समुदायका क्षेत्रमा सूर्यको ताप आउने समय अनुसार माघ र फागुन महिनामा यो पर्व मनाइन्छ।

पुस १५ लाई विशेष रूपमा ल्होसार मनाउनुपछाडिको अर्को कारण भनेको यो दिन वर्षकै सबैभन्दा लामो रातको अन्त्य र छोटा रातहरूको सुरुवात हो।

आज तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यसै अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्।