नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने मेयर नापितको प्रतिबद्धता
२९ पुस २०८१
काठमाडौं ।
शंखरापुर नगरप्रमुख रमेश नापितले शंखरापुर नगर अस्पतालाई सुविधा सम्पन्न बनाउँने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार नगर हस्पिटलमा गरिएको डा.किशोर भट्टको विदाई तथा एमडिजिपि डा.गौरव पौडेल र डा.पुरुषोत्तम न्यौपानेलाई स्वागत कार्यक्रममा बोल्नुहुँदै मेयर नापितले अस्पतालका लागि तत्काल आवश्यक पर्ने उपकरणहरुको व्यवस्था गर्ने बताउँनुभयो । उहाँले नगरपालिकाको क्षमता अनुसार नगर अस्पताललाई स्तरोन्नती गर्दै लैजाने उल्लेख गर्नुभयो ।
सोही अवसरमा बोल्नुहुँदै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले नेपाल सरकारको कर्मचारी भएपछि सरूवा हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै कर्मचारीहरुले आफ्नो क्षमता बृद्धिका लागि निरन्तर लागिपर्नुपर्ने बताउँनुभयो ।
१ वर्षअघि सम्म बर्थिङ र ईमर्जेन्सी सेवा नभएको अवस्थामा अहिले नगर अस्पतालमा धेरै सुविधाहरु थप भएको बताउनुभयो । सो अवसरमा डा.पुरूषोत्तमले राखेका सुझाव कार्यान्यन गरेर जाने बताउँदै थोरै पैसाले तत्काल हुने काम सुधार गरेर जान सकिने बताउनुभयो । प्रत्येक साता स्वास्थ्यकर्मीबिच सेवा प्रभावकारी बनाउँन छलफल गर्ने कार्ययोजना उपयुक्त हुने पनि सुझाव दिनुभयो ।
उहाँले अस्पताललाई माथि उठाउन नगरपालिकाले सामान्य सहयोग गरे पनि स्वास्थ्यकर्मीको टिमले नै अस्पताललाई माथि उठाउने बताउनुभयो । छिट्टै नगर अस्पतालमा आँखा उपचार र फिजियोथेरापीका थप सेवाहरू पनि अगाडि लैजान लागिएको जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस