‘शैक्षिक पूर्वाधारसहितको नयाँ कार्यक्रमहरु सञ्चालन गर्न लागेको छाै’: शैलेन्द्र कुइँकेल, क्याम्पस प्रमुख
काठमाडौँ – सरस्वती पूजाको विशेष अवसर पारेर कान्तिपुर क्याम्पसले स्नातक तहमा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा स्नातक तह पुरा गरेका विद्यार्थीहरूको विदाई कार्यक्रम गरेकाे छ। काठमाडौँको कागेश्वरी मनोहरा वडा नम्बर ५ थलीमा रहेको क्याम्पसले सरस्वती पुजाकाे विशेष अवसरमा पारेर स्वागत तथा विदाई कार्यक्रम राखेकाे हाे ।
कार्यक्रममा क्याम्पस प्रमुख शैलेन्द्र कुईकेलले क्याम्पसले शैक्षिक पूर्वाधारसहितको नयाँ कार्यक्रम छिट्टै सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “शैक्षिक पूर्वाधारसहितको बृहत् शैक्षिक योजना बनाएका छौँ र यसलाई चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। समाजका सबै वर्गका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि कान्तिपुर क्याम्पस प्रतिबद्ध छ ।”
त्यसैगरी, प्रमुख अतिथि दिपक कुईकेलले क्याम्पसले आयोजना गरेका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सहभागी भई पुरस्कृत भएका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै अझै बढी प्रगतिको शुभकामना दिनुभयो।
कार्यक्रममा स्नातक तहमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिनुका साथै स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूको विदाई गरिएको थियो। साथै, क्याम्पसले आयोजना गरेका खेलकुद प्रतियोगितामा विजयी भएका विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। कार्यक्रममा पुर्व क्याम्पस प्रमुख, सञ्चालक समितीका पदाधिकारीहरु, अध्यापक-अध्यापिकाहरु, कर्मचारीहरु तथा विध्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे ।
कान्तिपुर क्याम्पस एक सामुदायिक स्वामित्वको शैक्षिक संस्था हो, जसले व्यवस्थापन (Management), मानविकी (Humanities) र कानुन (Law) गरी तीन संकायमा आफ्नो शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। सामुदायिक क्याम्पस भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गन्तव्यको रूपमा समेत परिचित बन्न सफल भएको छ।




प्रतिक्रिया दिनुहोस