६ महिनामा विद्युत् प्राधिकरणले कमायो ११ अर्ब ३६ करोड नाफा

पश्चिम खबर
१७ फागुन २०८१, शुक्रवार

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आव २०८१/८२ को पहिलो ६ महिनासम्मको नाफा विवरण सार्वजनिक गरेको छ। यस अनुसार प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ। यस अवधिमा प्राधिकरणले विद्युत् बिक्री, ब्याज, र अन्य स्रोतबाट ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ।

प्राधिकरणका अनुसार, विद्युत् खरिद, प्रशासनिक खर्च, विभिन्न आयोजना र अन्य खर्चमा कुल ५९ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ। यस आधारमा साउनदेखि पुस मसान्तसम्मको नाफा करकट्टी गर्नु अघि ११ अर्ब ३६ करोड रुपैयाँ भएको प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले कार्यकारी निर्देशक कुलमान घिसिङको पहिलो कार्यकालको सुरुवातदेखि नै नाफा विवरण सार्वजनिक गर्दै आएको छ। प्राधिकरणले आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटा मात्रायुक्त थियो, तर त्यसपछि निरन्तर नाफामा रहन सफल भएको छ।


धेरै पढिएको