यस्ताे छ आजकाे देशभरको मौसम पूर्वानुमान

पश्चिम खबर
२० फागुन २०८१, सोमबार

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहँदा अन्य क्षेत्रमा मौसम सफा रहनेछ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मङ्गलबार पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहनुका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


धेरै पढिएको