युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीकाे दाबी

पश्चिम खबर
२० फागुन २०८१, सोमबार

कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले हालैको घटनापछि युरोपबाट स्पष्ट समर्थन प्राप्त भएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत युरोपेली राष्ट्रहरूबाट अझ बढी ऐक्यबद्धता र सहयोग प्राप्त भइरहेको उल्लेख गरेका छन्।

‘वास्तविक शान्ति प्राप्त गर्ने आवश्यकतामा सबैजना एकजुट छन्,’ जेलेन्स्कीले लेखे, ‘हामीलाई वास्तविक सुरक्षा ग्यारेन्टी चाहिन्छ। यो सम्पूर्ण युरोपको माग हो।’

उनले संयुक्त राज्य अमेरिकाको भूमिकालाई महत्त्वपूर्ण बताउँदै भने, ‘हामी अमेरिकाबाट प्राप्त सहयोगप्रति आभारी छौँ। कुनै दिन पनि हामीले अमेरिकाप्रति कृतज्ञता व्यक्त नगरेको छैनौं।’

यसअघि आइतबार लन्डनमा युक्रेन युद्धबारे छलफल गर्न धेरै युरोपेली नेताहरूको बैठक भएको थियो, जसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीको उपस्थिति पनि थियो।


धेरै पढिएको