खैरो हेरोइन कारोबारमा संलग्न चारजना कलंकीबाट पक्राउ
काठमाडौँ – खैरो हेरोइन किनबेचमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौँको कलंकीबाट चारजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा धादिङका २२ वर्षीय र २७ वर्षीय युवक, नुवाकोटका २७ वर्षीय युवक तथा काठमाडौँका ३७ वर्षीय पुरुष रहेका छन्। उनीहरू सवार रहेको बा १५ च १७७३ नम्बरको क्रेटा गाडी र ८४५९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको छ।



प्रतिक्रिया दिनुहोस