आजको सन्दर्भमा बुद्ध जयन्ती र पावनभूमि लुम्बिनी

३० वैशाख २०८२, सोमबार

मानवमा पूर्ण चेतनाको विकास भएपछि जीवन मार्गको खोजी भएको पाइन्छ । जीवन मार्गको खोजी गर्नु सामान्य कुरा होइन । जीवन मार्गको खोजी गर्ने मानिस असाधारण हुन्छ । दिव्य चक्षु र ज्ञानको गहिराईलाई मापन गर्न सक्ने व्यक्तिहरूबाट यस्तो कुराको संभवाना हुन्छ । ज्ञानको गहिराईलाई देख्न र मापन गर्ने विद्या वा कलालाई दर्शन भनिन्छ । अनि यो दर्शन भनेको के हो भन्ने सवाल उठ्छ । दर्शनका सम्बन्धमा धेरै विद्वानहरूले आ-आफ्नै प्रकारका विचार व्यक्त गरेका छन् । वास्तवमा दर्शनको अर्थ ज्ञान प्रतिको अनुराग भन्ने बुझिन्छ । यसले जीवन र जगतलाई हेर्ने,बुझ्ने पद्धति र विश्लेषण गर्ने विधिको समग्रतालाई दर्शाउदै आएको छ । दर्शनले क्रमबद्ध एवम् व्यवस्थित ज्ञानको तहमा चिन्तन प्रणाली र विश्वदृष्टिकोण राख्दै आएको छ । मानिसले आफू र आफ्नो प्रकृति,सामाजिक र आर्थिक परिवेश,उन्नति र अवनतिको गति-प्रगतिका सम्बन्धमा बनाएको व्यवस्थित बोध नै दर्शन हो । दर्शनलाई प्रकारान्तरका दृष्टिले दुईखण्डमा विभाजन गरि अध्ययन गर्ने गरेको पाइन्छ ,पूर्वीय चिन्तन र पाश्चात्य चिन्तन । पूर्वीय चिन्तन सामुहिकतामा आधारित हुन्छ । यसले ‘हामी’भन्ने धारणाको विकास गराउँछ भने पाश्चात्य दर्शन व्यक्तिवादी अर्थात् ‘म’भन्ने धारणा व्यक्त गरेको पाइन्छ । पूर्वीय दर्शन मानव अस्तित्व ज्ञान र योग प्रधान छ । पूर्वीय दर्शनमा हिन्दुधर्म दर्शनको ठुलो प्रभाव छ । अहिंशा,गुरूको सम्मान,होमको महत्व र ओम उच्चारण मन्त्रको शक्ति र इश्वरको अस्तित्व मान्नु हिन्दुधर्म दर्शनको सिद्धान्त एवम् मान्यता हो । यसैगरि बौद्धधर्म दर्शनको मूल मान्यता भने कर्ममा विश्वास गर्नु हो ।

मानिसले आफूलाई दु:खबाट छुट्कारा दिलाउन सांसारिक मोह त्याग्नु पर्छ । इच्छा र आकाङ्क्षाबाट टाढा बस्नु पर्छ भन्ने मान्यता बौद्ध दर्शनले राखेको पाइन्छ ।यसैबाट मोक्ष वा निर्वाण प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । बुद्धको शाब्दिक अर्थ राजकुमार सिद्धार्थ गौतमपूर्व पनि बुद्धहरू थिए भन्ने कुरा बौद्ध शास्त्रको अध्ययनले देखाएको छ । पाली भाषामा बुद्धलाई बुध भनिएको छ । यसको अर्थ ब्युँझनु हो ।अज्ञानताबाट ब्युँझनु नै बुद्ध हो । त्यसो भए अज्ञानता भनेको के हो ? जुन वस्तु जुन रुपमा छ त्यसलाई त्यही रुपमा नहेर्नु वा स्वीकार नगर्नुलाई अज्ञानता भनिन्छ । महायानी बौद्धमार्गीहरूले बुद्धलाई अलौकिक ईश्वरको रुपमा माने भने हीनयानी वा थेरवादीहरूले एउटा असल शिक्षक,उच्च ज्ञान भएको माथिल्लो तहको शिक्षकको रुपमा लिएका छन् । बुद्धलाई भगवान किन भनियो त ? भगवानलाई विभिन्न अर्थ लगाइएला तर पाली भाषामा ‘भगदोषे’,’भगमोहित’,’भगलोभो’ भनी उल्लेख गरिएको छ । यसको अर्थ जो व्यक्ति दोषमुक्त,लोभमुक्त,विपरीत लिङ्गीसँग मोहित नहुने नै भगवान् हो भनिनुले महायानी लगायत अन्य क्षेत्रबाट भगवान् भनिएको हुनुपर्छ । मौर्य सम्राट अशोकले ई.पू.२४९मा लुम्बिनीमा खडा गरेको स्तम्भ अभिलेखमा यस्तो लेखिएको छ- देवानपियन पियदसिन लजिन वीसतिवासा भिसितेन अगन आगाच महियिते हिदबुध जाते साक्य मुनीति सिला विगडभीचा कालापित सिलाथभेच उसपापिते हिदभगवंजातेती लुंमिनिगामे उबलिकेकटे अठभागियेच अर्थात् -देवताहरूका प्रिय प्रियदर्शी राजाको राज्यकालको बिसौं वर्षमा आफैं आउनु भयो । यहाँ शाक्यमुनी बुद्धको जन्म भएकोले संकेतक शिलामा पूजा गरि यो शिलास्तम्भ स्थापना गर्नुभयो । यहाँ भगवान् को जन्म भएकोले गाउँको बलि (कर) घटाई आठौं भाग मात्र कायम गर्नुभयो शाक्यमुनि बुद्ध र लुम्बिनी शाक्यमुनि बुद्धको जन्म ईशापूर्व ५६३ को बैशाख शुक्ल पूर्णिमाको दिन नेपालको लुम्बिनीमा भएको हो ।

उनी कपिलवस्तु राज्यका शाक्य वंशका राजकुमार थिए । उनको बाल्यकाल यहीँ बितेको थियो । वैवाहिक जीवनमा प्रवेश गरि गृहस्त जीवनको अनुभव समेत सँगालेर जीवनको सारतत्व बुझेर उनले सत्यको खोजीमा जीवन जगतका सबै वैभव त्यागेर दरबार छोडी हिँडे । मानव जीवनका सार तत्वलाई नजिकैबाट नियालिसकेपछि राजकुमार सिद्धार्थले गृह त्याग गरेका थिए । थियो । उनले उनान्तिस वर्षको उमेरमा दरबार छोडेर हिंडे । ठूलो कष्ट गरेर तपस्या(ध्यान) गरी ज्ञान प्राप्त गरे । उनले प्राप्त ज्ञानलाई जनजनमा फैलाएर असीवर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे । बुद्धले आफूले जीवन प्राप्त गरेको ज्ञान सर्वत्र फैलाए । उनको यो गहन खोज र उपदेश एक अनुपम विचार दर्शन थियो । कालान्तरमा जनजनमा यो दर्शनलाई धर्मको संज्ञा दिईयो । धर्मले आस्थाको बलमा काम गर्दछ । धर्मले मानिसलाई सजिलो उत्तर दिन्छ । ज्ञान आर्जन गर्नुको अर्थ नै सवाल गर्न सक्नु हो । वास्तवमा बुद्धले आफ्नो ज्ञानलाई धर्ममा रुपान्तरण गर्न र आफूलाई भगवान् घोषित ग राउन उपदेश गरेका होइनन् । उनको ध्येय त तत्कालीन समाजको बेथितिलाई सुधार गरेर समाजमा सुख,शान्ति कायम गर्नु थियो । सम्राट अशोक र लुम्बिनी शिलास्तम्भ सम्राट अशोक आफ्नो राज्याभिषेकको बिसौँ वर्षमा आफैं लुम्बिनी आएको कुरा स्तम्भमा उल्लेख छ ।अगन आगाच महीयिते हिदबुध जायेते साक्यमुनीति… । यसका अतिरिक्त लुम्बिनीमा बुद्ध जन्मेको स्मरणमा mark stone पनि रहेको छ । यसलाई बुद्ध जन्म स्मारक मूर्ति पनि भनिन्छ ।यद मूर्तिमा पूजा गरिन्छ । यहाँ अर्को मूर्ति पनि रहेको छ जुन मूर्तिमा मायादेवीले रुखको हाँगो समातेको,प्रजापति गौतमीले मायादेवीलाई प्रशुतिमा सहयोग पुर्‍याको मूर्ति पनि रहेको छ । बुद्धको जन्म भएको अवसरमा ब्रह्मा र इन्द्र स्वागतार्थ आएको प्रतीक र बुद्ध बालक अवस्थामा उभिएको ढुंङ्गाको मूर्ति छ । यहाँ रहेको अर्को महत्त्वपूर्ण वस्तु भनेको मायादेवीले बुद्ध जन्मनु अघि स्नान गरेको पोखरी समेत रहेको देखिन्छ । यहाँ रहेका प्राचीन वस्तुहरूमा केही ईंटाका भग्नावशेषहरू,केही स्तुप र अशोकले बनाई दिएका विहारहरू छन् ।

सम्राट अशोक र लुम्बिनी शिलास्तम्भ
सम्राट अशोक आफ्नो राज्याभिषेकको बिसौँ वर्षमा आफैं लुम्बिनी आएको कुरा स्तम्भमा उल्लेख छ ।अगन आगाच महीयिते हिदबुध जायेते साक्यमुनीति… । यसका अतिरिक्त लुम्बिनीमा बुद्ध जन्मेको स्मरणमा mark stone पनि रहेको छ । यसलाई बुद्ध जन्म स्मारक मूर्ति पनि भनिन्छ ।यद मूर्तिमा पूजा गरिन्छ । यहाँ अर्को मूर्ति पनि रहेको छ जुन मूर्तिमा मायादेवीले रुखको हाँगो समातेको,प्रजापति गौतमीले मायादेवीलाई प्रशुतिमा सहयोग पुर्‍याको मूर्ति पनि रहेको छ ।
बुद्धको जन्म भएको अवसरमा ब्रह्मा र इन्द्र स्वागतार्थ आएको प्रतीक र बुद्ध बालक अवस्थामा उभिएको ढुंङ्गाको मूर्ति छ । यहाँ रहेको अर्को महत्त्वपूर्ण वस्तु भनेको मायादेवीले बुद्ध जन्मनु अघि स्नान गरेको पोखरी समेत रहेको देखिन्छ । यहाँ रहेका प्राचीन वस्तुहरूमा केही ईंटाका भग्नावशेषहरू,केही स्तुप र अशोकले बनाई दिएका विहारहरू छन् । मौर्य वंशको अवशान भएपछि कुशानहरूले लुम्बिनीमा शासन सुरु गरे । उनीहरूले पनि लुम्बिनीमा विहार बनाएका थिए । लामो समयसम्म लुम्बिनी एउटा घनघोर जंगलमा रुपान्तरण भयो । खड्ग समशेरले सन् १८९६ मा लुम्बिनीमा वन फडानी गर्दा स्तम्भ भेटिएपछि लुम्बिनी चर्चामा आयो । सन् १९३३देखि १९३९ सम्म केसर समशेर जबराले लुम्बिनीमा उत्खनन गर्दा मायादेवीले स्नान गरेको पोखरीमा दुईवटा ईनार रहेको पत्ता लगाई त्यस क्षेत्रलाई चारैतिरबाट पर्खालले घेरेको पाइन्छ ।
बौद्धधर्मको संरक्षणमा भारतीय राजाहरूको योगदान
बुद्धको जन्म भएको समयमा लुम्बिनीमा कुनै मूर्ति राखिएको थिएन तर राजकुमार सिद्धार्थ(बुद्ध) को जन्म भएपछि लुम्बिनी गाउँका मानिसहरूले त्यहाँ एउटा ढुङ्गा राखेका थिए । यसपछि सम्राट अशोकले लुम्बिनीको तीर्थयात्रा गरेपछि गुरु उपगुप्तले त्यो ढुङ्गा देखाए । त्यसबेलासम्म पनि बुद्धको मूर्ति बनेको थिएन ।बुद्धले आफू महापरिनिर्वाण हुने समयमा लुम्बिनी जानू भनेकोले लुम्बिनीको ठुलो धार्मिक महत्व बढेको कुरा उल्लेखित छ । सम्राट अशोकले उक्त ढुङ्गालाई एउटा वेदिका बनाएर राखेको पाइन्छ ।लुम्बिनीको यात्रा गर्ने क्रममा चौथो शताब्दीमा पहिलो यात्री जी सेङ्गी,सान्साई,पाँचौँ शताब्दीमा फाहियान,सातौँ शताब्दीमा ह्वेन साङ्ग र आठौँ शताब्दीमा उबु फाचिङ्गले आफ्ना यात्रा वृतान्तहरूमा ठुलो महत्व दिएर लेखेका छन् ।
बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि सातौँ दिनसम्म दाह संस्कार भएन र आठौँ दिनमा कुशीनगरमा दाह संस्कार भयो ।कुशीनगरका र पवाका मल्लहरूले बुद्धको संस्कार गरे । कुशीनगरका मल्लहरूले बुद्धका अस्तुहरू सस्तागार( सभा हल) मा राखे । बुद्धको अस्तु सुरक्षित राखिएको कुरा थाह पाएर कोलिएहरूले मल्लहरूसङ्ग सो अस्तु माग गरे । मल्लहरूले त्यो अस्तुलाई आठ्भागमा विभाजन गरे । कोलिएहरूले सो अस्तु धातुबाट रामग्राम स्तुप निर्माण गरे जुन हाल नेपालमा पर्दछ । बाँडफाँड गरिएको अस्तुबाट आठवटा स्तुपहरू बनाईएका थिए ।सम्राट अशोकले सातवटा स्तुपहरू खोले तर रामाग्राम स्तूप भने खोलिएन । अशोकले सातवटा स्तुपबाट चौरासी हजार स्तुपहरू बनाइएका थिए भनिन्छ । अशोकले रामग्रामको स्तुप खोल्न खोज्दा नागहरूले दिएनन् भनिएको छ । ती सरीसृप नाग नभएर नागजाती थिए जसले स्तुपलाई सुरक्षा दिएर बसेका थिए । ती नागहरूले अशोकलाई तपाइँ यो स्तूप नखोल्नुहोस भनेर अनुरोध गरेपछि अशोकले यो स्तुपलाई चारैतर्फबाट ईटाले घेरेर अझ बलियो बनाई दिएका थिए ।
बौद्ध दर्शनको प्रभाव र विस्तार
बौद्ध दर्शन कुनै शास्त्रबाट ग्रहण गरिएको सार थिएन ।यो जीवन र जगतमा छरिएका विकृति र विसङ्गतिहरू निवारणार्थ उत्पत्ति भएको दर्शन हो । यसले जीवनको अर्थ नबुझेर रुमलिई रहेका मानिसहरूलाई मुक्ती दिनको लागि प्रादूर्भाव भएको थियो ।बुद्धको जीवनकालमा नै भारतीय राजाहरूले बुद्ध दर्शनलाई ठूलो महत्त्व दिएका थिए । त्यस समयमा बुद्ध दर्शनलाई ‘स्कुल अफ थट’को रुपमा लिइएको
थियो । त्यस समयमा बौद्ध शिक्षालाई त्यहाँका राजाहरूले ठुलो महत्व दिएका थिए । मगधका राजा बिम्बिसारले ठुलो सहयोग गरे ।आजातशत्रु जो पहिले देवदत्तको प्रभावमा परेर बुद्धको विरोध गरे तर पछि बुद्धको शरणमा आए ।बुद्धको निर्वाणपछि उनको अस्तु लिएर राजगिरमा आजातशत्रुले स्तुप बनाएका थिए । कोशलमा प्रसेनजितले पनि सहयोग गरेको पाइन्छ । त्यस समयमा बौद्धधर्मले राजकीय सम्मान र संरक्षण पाएको थियो । अवन्ती राज्यका राजा उदयेनले पनि बुद्धधर्मलाई स्वीकार गरेका थिए । मौर्यकाल लगभग बुद्धमय थियो । सुङ्गहरू बौद्धधर्म विरोधी थिए । उनीहरूले कयौं विहारहरू भत्काएका थिए । बौद्धधर्मको प्रवर्द्धन गर्नमा अशोकपछि कनिष्कले गहन भूमिका खेलेको पाइन्छ । उनले बुद्धको अनुहार अङ्कित गरी सिक्का चलाएका थिए । यही समयमा चौथो संगायन भयो । कनिष्कले बौद्धधर्मको प्रचारको लागि चीनमा मानिसहरू पठाएका थिए । गुप्तहरू बौद्धमार्गी थिएनन् तर पनि उनीहरूले बुद्ध मृत्युुशैयामा रहेको मूर्ति बनाए । यसका अतिरिक्त गुप्तहरूले बुद्धको धर्मचक्र प्रवर्तन मूर्ति बनाए । पालहरू बुद्धमार्गी थिए । यिनीहरू बज्रयानका अनुयायी थिए ।

यिनीहरूकै पालामा नालन्दा बिश्वविद्यालय,सोमपुरा विश्वविद्यालय,उदान्तपुरी विश्वविद्यालय हरू खुली पठन पाठनको कार्य सुरू भएको थियो । सन् १२९९ मा बख्तियार खिलजीले यी विश्वविद्यालयहरू ध्वस्त पारेका थिए । भिक्षुहरूलाई मार्ने,काट्ने र लखेट्ने कार्य गरे ।यसपछि भारतवर्षमा बुद्धधर्मको विकास र विस्तारमा धीमा गति आयो ।
अशोकले उत्खनन गरेका सातवटा स्तुपबाट चौरासी हजार स्तूप बनाइए भनिएको छ । सन् १८३२ मा बृटिशहरूले अफगानिस्तानको काबुल स्थित विभारनमा उत्खनन गर्दा एउटा सुनको बट्टामा खरानी र हड्डीको टुक्रा फेला पारे तर त्यो के हो भन्ने पहिचान नगरी फालिदिएका थिए । त्यस सुनको बट्टालाई विभारन क्यास्केट भनेर बुझिन्छ । यसैगरी विभिन्न देशहरूमा बुद्धका अस्तुहरू लगिने क्रम चल्न थाल्यो । श्रीलंकामा रहेको अस्तु पिप्रहवाका शाक्यहरूबाट लगिएको थियो । त्यसैगरी पाकिस्तानमा पाइएको अस्तु बर्मा(म्यानमार)को मण्डलले विहारमा छ ।अहिले पनि पाकिस्तानको हरिपुर जिल्ला स्थित खानपुर बाँध नजिक एउटा पहाडमा भीमाला स्तूप रहेको छ । यो स्तुपलाई सन् १९३०तिर बृटिश पुरातत्त्वविद् सर जोन मार्शलले पत्ता लगाएका थिए ।

नेपालमा रहेको रामग्राम स्तूप निर्माणदेखि हालसम्म खोलिएको छैन । चिनियाँ बौद्ध यात्री फाहियान र व्हेन साङ्गले रामग्राम स्तुपको भ्रमण गर्दा त्यो रामग्राम स्तुपबाट ज्योति(प्रकाश) निस्कन्छ भनेर आफ्नो यात्रा वृतान्तमा लेखेका छन् । त्यो यात्रा विवरणमा लेखे अनुसार यहाँ हात्तीले पानी र फूल चढाउँछन् भनेका छन् । त्यतिखेर त्यहाँ स्तूप वरपर केही भिक्षुहरू बसेका छन् भनी लेखेका छन्। लुम्बिनीको विकास प्रयास र वर्तमान अवस्था
बुद्धको जन्मस्थल लुम्बिनी समयको समयको उतार चढावले घाम छायाँमा पर्दै गयो । यसै क्रममा सन् १९०४ मा एक बृटिश ह्वे ह्वे त्यहाँ पुगेका थिए । यसैगरी काठमाडौंका सदानन्द भिक्षुले रामग्राम स्तूप भनेर एउटा टिनमा लेखेर
झुन्ड्याई दिएका थिए । लुम्बिनी आज जुन ठाउँमा पहिचान दिन सफल भएको छ त्यसको पछाडि सम्राट अशोकको ठूलो योगदान रहेको छ । उनले त्यहाँ एक स्तम्भ खडा गराई स्तम्भमा “यहाँ बुद्ध जन्मेका हुन्” भन्ने वाक्यांश राखेर वरपर केही विहार बनाई लुम्बिनीका जनतालाई कर माफी गरेका
थिए ।
लुम्बिनीलाई आजको वर्तमान अवस्थामा ल्याउनुपूर्व त्यहाँ को तत्कालीन अवस्थामा दृष्टि पुर्‍याउनु पर्दछ । सन् १९६७ अप्रिल २ देखि ५ सम्म संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्तले नेपालको भ्रमण गतेका थिए । उनी बर्माका नागरिक हुनुका साथै बौद्धमार्गी थिए । उनले लुम्बिनीको दर्शन गर्ने क्रममा त्यहाँ जाँदा लुम्बिनी जाने बाटो नभएको,विद्युत नभएको,धर्मशाला नभएको, चारैतिर झारपात र रुखले छोपिएको थियो । मायादेवीको मूर्तिलाई एउटा सानो घरमा राखिएको थियो । यो देखेर ऊ थान्तका आँखा रसाएका थिए।
त्यस समयमा लुम्बिनीमा बर्मामा पढेर आएका अनुरुद्र नामका नेपाली भिक्षु थिए । उनी मार्फत ऊ थान्तले राजा महेन्द्रलाई जानकारी गराए। यसपछि सन् १९७० मा संयुक्त राष्ट्रसंघको सम्मेलनमा लुम्बिनीको भौतिक विकासका लागि पहल हुनुपर्ने प्रस्ताव राखियो। यश प्रस्तावलाई तेह्रवटा देशले तत्काल समर्थन गरेका थिए । अफगानिस्तान,पाकिस्तान,मलेसिया,जापान,सिङ्गापुर,लावस,भियतनाम,भारत,भुटान लगायत देशहरूले समर्थन जनाएका थिए । यसपछि लुम्बिनीको भौतिक विकासका लागि गुरुयोजना बनाउने निर्णय भए अनुरुप जापानका वास्तुकलाविद् प्रो.कान्जो ताङ्गेलाई सम्पूर्ण जिम्मेवारी दिइयो । सन् १९७२ देखि छ वर्ष लगाएर ताङ्गेले गुरुयोजना बनाए। त्यसपछि लुम्बिनीको विकास योजनाहरू सुरु भए । अहिले पनि त्यहाँ २६ वटा देशहरूले आ-आफ्नो काम गरिरहेका छन् । त्यसैले पनि लुम्बिनी विश्वका मानव जातिहरूको लागि अनुपम निधि हो ।