सुदूरपश्चिम सेवा समाज मुम्बईद्वारा सुरतमा तीज र गौरा पर्व विशेष कार्यक्रम गर्दै
सुदूरपश्चिम सेवा समाज मुम्बईद्वारा सुरतमा तीज र गौरा पर्व विशेष कार्यक्रम गर्दै
बैशाख २८ — सुदूरपश्चिम सेवा समाज मुम्बईले आगामी १६ अगष्ट २०२४, शुक्रबार भारतको सुरतस्थित सिङ्गलपोेर बार रस्ता, मल्टीप्लास हल, बतारगाम मा भव्य तीज विशेष कार्यक्रम तथा गौरा पर्व विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य भारतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई एकै स्थानमा भेला गराई मौलिक संस्कृति, भेषभूषा, भाषा र परम्परालाई प्रवर्द्धन गर्नु रहेको छ।
कार्यक्रमका मुख्य आकर्षणहरू
ख्यातिप्राप्त कलाकारहरूबाट तीज र गौरा गीत प्रस्तुति
सांस्कृतिक नृत्य तथा लोकभाका प्रदर्शन
मौलिक सुदूरपश्चिमेली भेषभूषा प्रदर्शनी
विशिष्ट अतिथिहरूको सम्मान
नयाँ प्रतिभाहरूको प्रोत्साहन रहने छ भने उक्त्त कार्यक्रमा विशेष प्रस्तुति नेपालका चर्चित लोक तथा दोहोरी गायिका आशा बीसी, लोक तथा दोहोरी गायिका सुनितामी परियार लोक तथा दोहोरी/देउडा गायक भुपेन्द्र सिंह, अभिनेता तथा मोडल नितु कोइराला, तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ।
समाजकी कोषाध्यक्ष मनु बोगटी खड्काका अनुसार कार्यक्रममा सुदूरपश्चिमका कलाकार, साहित्यकार, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको विशेष सहभागिता रहनेछ।
आयोजकको आग्रह
सुरत तथा आसपासमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो संस्कृति र परम्परा जोगाउन योगदान दिन हार्दिक आमन्त्रण गरिएको छ।
समिति पदाधिकारीहरु
अध्यक्ष: ओम प्रकाश दानी
उपाध्यक्ष: तारा चन्द्र जोशी
सचिव: सुरिन्द्र बिस्ट
कोषाध्यक्ष: मनु बोगटी
महिला अध्यक्ष: ललिता थापा
संगठन प्रमुख: करन साउद
कार्यक्रम संयोजक: नन्दबिर चदारा
कार्यक्रम व्यवस्थापक: करन थापा, मनसुर बिक
महिला संयोजक: सीता थापा
महिला सल्लाहकार: सञ्जना राई
सदस्य: विशाल बिक, सरोज थापा, प्रकाश छेत्री
महिला सदस्य: कुसुम भण्डारी, सबिना थापा
सल्लाहकार: दिपेश थापा
कार्यक्रम विवरण
📍 स्थान: सिङ्गलपोेर बार रस्ता, मल्टीप्लास हल, बतारगाम, सुरत
📅 मिति: १६ अगष्ट २०२४, शुक्रबार
📞 सम्पर्क: ९१५२९०९२२६



प्रतिक्रिया दिनुहोस