राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल हुने एजेन्डा छ ।
यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ ।
यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ । त्यसै गरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ । संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।
०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो । सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ । यस्तो अवस्थामा आसन्न स्थानीय तह निर्वाचन लड्ने कि नलड्ने भनेर पार्टीले रणनीतिक छलफल केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको बुर्लाकोटीले बताए ।



प्रतिक्रिया दिनुहोस