नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलद्वारा पदभार ग्रहण
काठमाडौँ- नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्नुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा पुगेर सपथ लिएसँगै मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो । उहाँले कार्यभार सम्हाल्दै क्यान्सर रोकथाम तथा नियन्त्रणसम्बन्धी रणनीति स्वीकृत गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएसँगै आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । एमाले र कांग्रेस बीचको सहमतिअनुसार एमालेले ९ र कांग्रेसले १० वटा मन्त्रालय सम्हालेका छन् ।



प्रतिक्रिया दिनुहोस