सेन्ट लरेन्स कलेजका सुशान्त दुलाल कक्षा १२ मा ‘नेपाल टप
काठमाडौंको चावाहिल स्थित सेन्ट लरेन्स कलेजका कक्षा १२ का बिद्यार्थी सुशान्त दुलालले कक्षा १२ को परीक्षामा नेपाल टप गरेका छन् । विज्ञान संकायमा अध्ययन गरेका दुलालले ३ दशमलव ९६ जिपिए ल्याएका छन् ।
यस्तै बिज्ञान संकायका डाल्टोन खत्रीले ३ दशमलव ९२ जिपिए, प्रशान्त शरणले ३ दशमलव ९१ जिपिए, प्रतीक दुलालले ३ दशमलव ८६ जिपिए, सुसन पौडेलले व्यवस्थापन संकायमा ३ दशमलव ८६ जिपिए हासिल गरेका छन् ।
विगतका वर्षमा झै यो वर्षपनि कक्षा १२ को परीक्षाफल अत्यन्तै उत्साहजनक रहेको सेन्ट लरेन्स कलेजका अध्यक्ष केशवप्रसाद दंगालले बताउनुभयो । उहाँले यो वर्ष कक्षा १२ मा नेपाल टप सहित ९८ प्रतिशत विद्यार्थी राम्रो जिपिए हासिल गरी उर्तीण गरेको बताउँनुभयो ।
उहाँले भन्नुभयो–‘कलेज प्रशासनको उत्कृष्ठ व्यवस्थापन, सेन्ट लरेन्सका अनुभवी शिक्षक शिक्षिका, अनुशासित विद्यार्थीहरु सबैको मिहेनतबाट हामीले उत्कृष्ठ नतिजा हासिल गरेका छौं । आगामी दिनका पनि गुणस्तरीय शिक्षाका लागि सेन्ट लरेन्स प्रतिबद्ध छ ।’
साथै कलेजमा कक्षा १२ को नजिता प्रकाशनसँगै स्नातक तहका विज्ञान, व्यवस्थापन, मानविकी, बिएस्सी सिएसअाईटी लगायतका विभित्र संकायमा भर्ना खुला भएकाे छ ।




प्रतिक्रिया दिनुहोस