प्रचण्डले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।
दिउँदो अधिवेशनको पहिलो बैठकमा नबोलेका प्रचण्डले आज दिउँसो १ बजे बस्ने दोस्रो बैठकमा आफ्नो धारणा राख्ने तयारी गरेका हुन्। अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरे पनि प्रचण्डले बोलेका थिएनन्।
आजको बैठकमा सरकारले ल्याएका सबै ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ। संसदमा विचाराधीन विधेयकलाई नै अध्यादेशका रूपमा ल्याएको भन्दै प्रतिपक्षी दलहरूले एकजुट भएर विरोध गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस