पञ्चपुरी नगरपालिकामा लैङ्गिक न्याय प्रवर्द्धनका लागि तीन दिने क्षमता विकास तालिम सुरु
पाैष २७ सुर्खेत- पञ्चपुरी नगरपालिकाका सरकारी निकायका पदाधिकारीहरूबीच लैङ्गिक न्याय प्रवर्द्धनका लागि तीन दिने क्षमता विकास तालिम सुरु भएको छ।

तालिममा पञ्चपुरी नगरपालिका अन्तर्गत कार्यरत शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अन्य सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको छ। सहभागीहरूले लैङ्गिक न्यायका सवालमा सरकारी निकायहरूले निर्वाह गर्नुपर्ने दायित्वबाट कुनै पनि व्यक्ति बञ्चित हुन नहुने धारणा व्यक्त गरेका छन्।

उनीहरूले नीति निर्माणदेखि सेवा प्रवाहसम्म सबै तहमा लैङ्गिक समानता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। साथै, स्थानीय तहबाट प्रदान गरिने सेवा, कार्यक्रम तथा नीतिहरूमा लैङ्गिक संवेदनशीलता अनिवार्य हुनुपर्ने बताएका छन्।
उक्त तालिम कार्यक्रमको आयोजना आवाज संस्थाले गरेको हो। कार्यक्रममार्फत स्थानीय तहमा लैङ्गिक न्यायसम्बन्धी चेतना अभिवृद्धि हुनुका साथै सरकारी निकायका पदाधिकारीहरूको क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस