पञ्चपुरी–६ मा बालविवाह तथा लागू पदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८२/८३ को बजेटअन्तर्गत बालविवाह तथा लागू पदार्थ दुर्व्यसनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा नम्बर ६ का कार्यवाहक वडा अध्यक्ष कर्णबहादुर तारामीको सभापतित्वमा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा गौरीशंकर आधारभूत विद्यालय चतुरे र जनज्योति आधारभूत विद्यालय भावरका करिब ७० जना बालबालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा जनज्योति आधारभूत विद्यालय भावरका प्रधानाध्यापक बुद्धिप्रसाद सापकोटा गौरीशंकर आधारभूत विद्यालय चतुरेका प्रधानाध्यापक कमला पाठक शिक्षकहरु धर्मराज खनाल र नवीन सार्की, वडा सदस्य मनबहादुर बरैलगायतको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको मुख्य उद्देश्य
समुदायमा बढ्दै गएको बालविवाह र लागू पदार्थ दुर्व्यसनले समाजमा पारिरहेको नकारात्मक प्रभावबारे सचेतना फैलाउनु रहेको थियो।
बालबालिकाले यस्ता विकृतिहरू न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले उनीहरूलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै
कार्यवाहक वडा अध्यक्ष तारामीले वडाले वर्षेनी यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै मानव जीवन र समाज सुधारका लागि
यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभएकाे छ । आगामी दिनमा पनि दुर्व्यसनमुक्त र बालविवाहमुक्त वडा बनाउने लक्ष्यका साथ यस्ता गतिविधि निरन्तर गरिने उनले बताए।
कार्यक्रमका प्रशिक्षक उमाशंकर आचार्य रहनुभएकाे थियाे भने कार्यक्रम सञ्चालन वडाका कर्मचारी प्रेम सुनारले गर्नुभएको थियो।



प्रतिक्रिया दिनुहोस