सुर्खेत उडेको श्री एयरलाइन्समा समस्या, आकस्मिक अवतरण
सुर्खेतका लागि उढेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ छ । त्रिभुवन विमानस्थलबाट आज बिहान श्री एयरलाइनसको जेड १२१ विमान सुर्खेतका लागि उडेको
थियो । तत्काल प्राविधिक समस्याको पहिचान भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका छन् ।
अवतरणका क्रममा विमान केहीबेर धावनमार्गमै रोकिएको थियो । विमानमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । यो श्रीको पहिलो उडान थियो । अहिले उडान अवतरण सामान्य भएको छ । अर्को विमानमाार्फत यात्रुलाई सुर्खेत पठाईएको छ ।



प्रतिक्रिया दिनुहोस