पञ्चपुरी–५ स्थित विद्याभूमि एकेडेमीमा नतिजा प्रकाशन तथा उत्सव कार्यक्रम सम्पन्न

फुड फेस्टिभल समेत आयोजना गरिएको थियो

पश्चिम खबर
२७ माघ २०८२, मंगलबार

सुर्खेत। पञ्चपुरी नगरपालिका–५ मा अवस्थित विद्याभूमि एकेडेमीमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा वितरण कार्यक्रम उत्सवका साथ सम्पन्न भएको छ। उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा विद्यार्थीहरूले आफैं तयार पारेका विभिन्न परिकारहरू समेटिएको फुड फेस्टिभल समेत आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक र रमाइलो बनाएको थियो।

विद्यालयका प्रधानाध्यापक पदमराज रिमालका अनुसार विद्यार्थीहरूको व्यवहारिक सिकाइ, सिर्जनशीलता तथा आत्मविश्वास अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिँदै आएको छ। उहाँले यस्ता गतिविधिहरू विगतदेखि नै हुँदै आएको र आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थी, अभिभावक र विद्यालयबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।