एसईई परीक्षा २०८१ का लागि आवेदन खुला: फाराम भर्न माघ १२ गतेसम्म समय

पश्चिम खबर
१३ पुष २०८१, शुक्रवार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का लागि आवेदन फाराम खुला गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज सूचना प्रकाशित गर्दै परीक्षार्थीलाई प्रति विद्यार्थी ५०० रुपैयाँ दस्तुर सहित एक महिनाभित्र फाराम भर्न आह्वान गरेको छ।

फाराम भर्ने म्याद आजदेखि माघ १२ गतेसम्म तोकिएको छ। निर्धारित समयभित्र फाराम नभरिए विद्यार्थी एसईई २०८१ मा सहभागी हुन पाउने छैनन्।

२०७८ र २०७९ सालको नियमित वा ग्रेडवृद्धि परीक्षामा ‘डी’ वा ‘ई’ ग्रेड ल्याएका वा अनुपस्थित परीक्षार्थीहरुले ग्रेडवृद्धि गर्न चाहने भएमा सम्बन्धित विषयको लागि मात्र फाराम भर्नुपर्ने छ। यस्तै, २०८० सालको नियमित वा पुरक परीक्षामा असफल (एनजी) भएका वा अनुपस्थित विषयमा मात्र ग्रेडवृद्धि आवेदन दिन सकिने बोर्डले जनाएको छ।


धेरै पढिएको