स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं: स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा आइतबार जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
अभियुक्तमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधिसभाका निलम्बित सांसद रवि लामिछाने पनि छन्।
काठमाडौं प्रहरीले गत बिहीबार उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन वकिलको कार्यालयलाई बुझाएको थियो।
यसअघि, लामिछानेविरुद्ध सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा समेत मुद्दा दर्ता भइसकेको छ। उक्त मुद्दामा उनको बयान सकिएर थुनछेक बहस जारी रहेको छ।



प्रतिक्रिया दिनुहोस