नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको केन्द्रिय सत्ता रास्वपा सभापति रवि लामिछाने विरुद्ध कसरी लागि परेको छ ? त्यसको उदाहरण चितवनबाट छताछुल्ल भएको छ ।
केन्द्रिय सरकारको निर्धारण तालिका सरह नै जिल्ला/जिल्लामा मुद्दा अभियान जारी रहेका बेला चितवनमाबाट गठबंधनको सत्ता दुरुपयोग योजना बाहिरिएको हो ।
साहारा सहकारीको हिनामिना मामिलामा लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेका चितवनका जिल्ला न्यायाधीवक्तालाई रातारात सरुवा गरिएको छ ।
“केन्द्रिय गठबंधन सरकारको योजना लामिछानेलाई जवरजस्ती मुद्दा लगाउनु हो तर सरकारी वकिलले कानूनलाई मध्यनजर गरि साथ नदिएपछि केन्द्रिय मन्त्रीहरु बोखलाएका हुन्” रास्वपाका एक नेताले भने अब सरकारी कर्मचारीले नै सरकारको साथ छोड्न थालेका छन् ।”
हिजो मंगलबार लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
उक्त मुद्दामा प्रहरी प्रतिवेदनले लामिछानेलाई संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिएको थियो ।
तर, जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले लामिछाने एउटा मात्रै संस्थामा आवद्ध देखिएकोले कानुनले व्याख्या गरेको संगठित अपराधको परिभाषभित्र उनको अपराध नदेखिने निक्र्यौल गरि ठगीमा मात्रै मुद्दा दर्ता गरिएको थियो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कमा आवद्ध तीन जना भने गोर्खा मिडिया बाहेक अन्य संस्थामा पनि आवद्ध रहेको देखिएकोले उनीहरुलाई संगठित अपराधमा मुद्धा दर्ता गरिएको थियो ।
‘संगठित अपराधमा नै मुद्धा दर्ता गर्न दबाब थियो, जिल्ला सरकारी वकिल कार्यालय स्रोतले भन्यो, -कानूनको परिभाषाले नै नभेट्ने अपराधमा अभियोग लगाउन उहाँले सक्नुभएन त्यसैले रातारात सरुवाको पत्र आयो ।
उनलाई महान्यायाधीवक्ताको कार्यालयमा तान्नेगरि सरुवा गरिएको पत्र हिजै पठाइएको बुझिएको छ ।
आज बिहानै जिल्ला न्यायाधीवक्ता लुइँटेलले चितवन छोडिसकेका छन् । भने लुइँटेल काठमाडौँ तानिए लगत्तै आजै चितवनमा उच्च सरकारी वकिल कार्यालय बुटवलका उप न्यायाधीवक्ता रवि न्यौपाने हाजिर हुने भएका छन् ।
उनलाई बुटवलबाट चितवन पठाउने हिजै निर्णय गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस