माओवादी केन्द्रले फेरि परिवर्तन गर्यो ‘तराई–मधेस जागरण अभियान’ को कार्यतालिका
काठमाडौं – नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ को कार्यतालिका फेरि परिमार्जन गरेको छ। शनिबार सर्लाहीदेखि पश्चिमका कार्यक्रमहरू १/१ दिन पछि सारिएको थियो भने आइतबार पुनः नयाँ सर्कुलर जारी गर्दै महोत्तरीदेखि पश्चिमका कार्यक्रमहरूको समय परिवर्तन गरिएको जनाएको छ।
माओवादी केन्द्रले फागुन ५ र फागुन १७ गते जारी कार्यतालिकालाई संशोधन गर्दै स्थानीय पर्व तथा पार्टीका जनसंगठनका भेला जस्ता कारणले तालिका परिमार्जन गरिएको उल्लेख गरेको छ।
नयाँ कार्यतालिका अनुसार कार्यक्रम:
- फागुन २२ – महोत्तरी
- फागुन ২৩ – सर्लाही
- फागुन २४ – रौतहट
- फागुन २५ – बारा
- फागुन ২৬ – पर्सा
- फागुन २७ – चितवन
- फागुन २८ – बुटवल (मगर मोर्चा उद्घाटन)
- चैत्र २ – नवलपुर (पूर्व)
- चैत्र ३ – परासी (पश्चिम)
- चैत्र ४ – रुपन्देही
- चैत्र ५ – कपिलवस्तु
- चैत्र ६ – दाङ
- चैत्र ७ – बाँके
- चैत्र ८ – बर्दिया
- चैत्र ९ – समाजवादी मोर्चा जनसभा (जनकपुर) (अभियान रोकिने)
- चैत्र ११ – कैलाली
- चैत्र १२ – कञ्चनपुर (अभियानको समापन)
यसअघि अभियान चैत्र ७ गते सकिने बताइएको थियो, तर नयाँ परिमार्जित तालिका अनुसार अब चैत्र १२ मा कञ्चनपुरमा टुंगिनेछ।
अभियानको स्वरूप र सहभागिता
फागुन १२ गते झापाबाट सुरु भएको अभियान अन्तर्गत जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट लगायतका कार्यक्रम आयोजना गरिँदै छ। कार्यक्रम बिहान, दिउँसो, बेलुका गरेर तीन स्थानसम्म स–साना सभा आयोजना गर्ने गरिन्छ।
अभियान टोलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उप–महासचिवहरू तथा सांस्कृतिक टोलीहरू समावेश छन्। साथै, सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता तथा समर्थकहरू अभियानमा सहभागी छन्।
हालसम्म झापा (फागुन १२), मोरङ (फागुन १३), सुनसरी (फागुन १५), सप्तरी (फागुन १६), सिरहा (फागुन १७) लगायत जिल्लामा अभियान सम्पन्न भइसकेको छ।
थप कार्यक्रमहरु
- फागुन २० मा अध्यक्ष प्रचण्ड कैलालीको टिकापुरमा थारु मोर्चाको सम्मेलन उद्घाटन गर्न जाने कार्यक्रम तय
- फागुन २२ देखि महोत्तरीबाट पुनः अभियान सुरु हुने
माओवादी केन्द्रले यो अभियान संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको हो भने विभिन्न स्थानमा हुने स्थानीय तथा पार्टी गतिविधिलाई समायोजन गर्दै कार्यतालिका परिमार्जन गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस