नेपाली कांग्रेसको दुई दिने प्रशिक्षणका लागि सभापति देउवा रूपन्देही जाँदै
काठमाडाैँ । नेपाली कांग्रेसको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा आज रूपन्देही जाँदै छन्। उनीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि जाने कार्यक्रम छ।
देशभरका क्षेत्रीय सभापतिहरूलाई प्रशिक्षण दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सभापति देउवा र परराष्ट्रमन्त्री देउवा आज बिहान ९ बजेको फ्लाइटमार्फत भैरहवा पुग्नेछन्।
यसअघि, कांग्रेसका शीर्ष नेताहरू उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, नेता बालकृष्ण खाँणलगायत आइतबार नै रूपन्देही पुगेका छन्।
भैरहवाको पटुवा हलमा बिहान ११ बजेदेखि सुरु हुने प्रशिक्षण कार्यक्रममा देशभरका क्षेत्रीय सभापतिहरूसहित ५ हजारभन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने कांग्रेस रूपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस