काठमाडौं महानगरले शैक्षिक सत्रअघि भर्ना लिएको पाइए कारबाही गर्ने

पश्चिम खबर
५ चैत २०८१, मंगलबार

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र सुरु नहुँदै भर्ना खुला नगर्न विद्यालयहरूलाई सचेत गराएको छ।

सोमबार महानगरपालिकाले मातहतका विद्यालयलाई पत्राचार गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली विपरीत शैक्षिक सत्र अघि नै भर्ना लिएको पाइए कानुनी कारबाही गरिने चेतावनी दिएको हो।

महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार नियमावलीको नियम ४८ को उपनियम ६ अनुसार शैक्षिक सत्र सुरु नभई कुनै पनि विद्यालयले भर्ना लिन पाउँदैन।

तर, केही विद्यालयहरूले यो नियम उल्लंघन गरी अग्रिम भर्ना खुला गरेको गुनासो आएपछि महानगरले कडाइ गरेको जनाएको छ। महानगरले सबै विद्यालयलाई तोकिएको नियमअनुसार मात्रै भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।


धेरै पढिएको