तापक्रम बढ्दै जाने, आगलागी र वायु प्रदूषणको जोखिम उच्च

पश्चिम खबर
२१ चैत २०८१, बिहिवार

We२१ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्छ।

चैत महिनालाई खडेरीको समय मानिन्छ, जसका कारण वर्षाको सम्भावना न्यून छ। आगामी दिनहरूमा देशभर तापक्रम क्रमशः बढ्दै जाने अनुमान गरिएको छ।

वर्षा नहुने भएकाले सुख्खापन बढ्ने, आगलागीको जोखिम उच्च रहने र वायु प्रदूषण थप बढ्न सक्ने सम्भावना छ। यसले स्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा प्रतिकूल असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।


धेरै पढिएको