शिक्षक आन्दोलन चर्किंदै जाँदा शिक्षामन्त्री भट्टराईको राजीनामा

पश्चिम खबर
९ वैशाख २०८२, सोमबार

काठमाडौं, ८ वैशाख – शिक्षक आन्दोलनको दबाब चुलिंदै गइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी छन्। बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीसँगको भेटपछि उनले आफ्नो पदबाट राजीनामा दिने निर्णय सार्वजनिक गरेकी हुन्।

सरकारी विद्यालयका शिक्षकहरू केही सातादेखि विभिन्न माग राख्दै आन्दोलनरत छन्। शिक्षामन्त्री भट्टराईले आन्दोलनरत शिक्षक संगठनसँग बारम्बार वार्ता गरे पनि ठोस सहमति नजुटेपछि उनको भूमिकाप्रति प्रश्न उठ्दै आएको थियो। पछिल्ला दिनहरूमा तीव्र बनेको आलोचना र निरन्तर चर्कंदो दबाबका बीच उनले पद त्याग गर्ने निर्णय लिएको स्रोत बताउँछ।

सरकार र शिक्षक महासंघबीच भएको छलफल निष्कर्षमा नपुगेपछि आन्दोलन झनै उग्र बन्दै गएको छ। यही सन्दर्भमा भट्टराई बढ्दो घेराबन्दीमा परेकी थिइन्।

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ, जहाँ उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुने अपेक्षा गरिएको छ।


धेरै पढिएको