PUMA कम्पनीको ट्रेडमार्क दुरुपयोगबारे कडा चेतावनी, नेपालमा नक्कली सामान बिक्री भइरहेको खुलासा

पश्चिम खबर
२२ वैशाख २०८२, आइतबार

काठमाडौं, वैशाख २१ — जर्मनीस्थित विश्वविख्यात खेल सामग्री निर्माता कम्पनी PUMA SE ले नेपालमा आफ्ना ट्रेडमार्कको दुरुपयोग भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। कम्पनीले ट्रेडमार्क सतर्कता सूचना (Trademark Caution Notice) जारी गर्दै नेपालमा अनधिकृत रूपमा नकली Puma ब्रान्डका सामानहरू आयात, वितरण र बिक्री भइरहेको जनाएको छ।

कम्पनीका अनुसार घडी, जुत्ता, लुगा, टाइमर तथा अन्य सामग्रीमा प्रयोग हुने PUMA + Jumping Puma, Formstrip, र Jumping Cat ट्रेडमार्कहरू नेपालमा विधिवत रूपमा दर्ता गरिएका छन्। यस्ता चिन्ह बिना अनुमति प्रयोग गर्नु कम्पनीको कानुनी अधिकारमाथिको उल्लंघन हो भन्ने कम्पनीको भनाइ छ।

“यसरी उत्पादन तथा वितरणमा संलग्न हुने व्यक्तिहरू वा समूहहरूविरुद्ध कम्पनीले नेपालका लागु हुने कानुन अनुसार नागरिक तथा आपराधिक कानुनी प्रक्रिया अघि बढाउन सक्नेछ,” सूचनामा भनिएको छ।

PUMA SE ले उपभोक्ताहरूलाई नक्कली तथा गुणस्तरहीन सामानहरूबाट सतर्क रहन आग्रह गर्दै यस्ता गतिविधिबारे जानकारी भएमा तुरुन्तै सम्बन्धित कानुनी निकायसँग सम्पर्क राख्न अनुरोध गरेको छ।

साथै कम्पनीले स्पष्ट पारेको छ कि उसको स्वीकृति बिना ट्रेडमार्क प्रयोग गर्ने कुनै पनि कार्यलाई बर्दाश्त नगर्नेछ र उल्लंघनकर्ताविरुद्ध कडा कारबाही गरिनेछ।

कम्पनीको कानुनी सल्लाहकार RNA Technology & IP Attorneys मार्फत जारी सूचनामा हरियाणा, भारतस्थित कार्यालयको ठेगाना पनि सार्वजनिक गरिएको छ, जसमा दुरुपयोगसम्बन्धी जानकारी सम्पर्क गर्न सकिनेछ।


धेरै पढिएको