यस्तो छ कालीमाटीमा सागसब्जी र फलफूलको थोक मूल्य : कुन कति? (सूचीसहित)

पश्चिम खबर
२२ वैशाख २०८२, आइतबार

काठमाडौं, वैशाख २१ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  तरकारी, फलफूल, माछा र मसला लगायतका कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। दैनिक रूपमा तय गरिने थोक मूल्यको सूचिमा नेपाली र भारतीय उत्पादनबीच उल्लेखनीय भिन्नता देखिएको छ।

सबैभन्दा महँगो च्याउ र आभोकाडो
सार्वजनिक मूल्यसूचिअनुसार आजको दिन सबैभन्दा महँगो च्याउ (सिताके) रहेको छ, जसको थोक मूल्य प्रतिकिलो ८०० रुपैयाँ तोकिएको छ। त्यसपछि आभोकाडोको मूल्य प्रतिकिलो ६५० रुपैयाँ, कुरिलो ६०० रुपैयाँ, र पार्सले साग ३०० रुपैयाँ पुगेको छ।

प्रमुख तरकारीको मूल्य यस्तो छ:

  • गोलभेँडा (ठूलो नेपाली): रु ४०/किलो, भारतीय: रु ६०/किलो

  • आलु रातो (नेपाली): रु ३४/किलो, भारतीय: रु ३८/किलो

  • प्याज (भारतीय, सुकेको): रु ३८/किलो

  • काउली (स्थानीय): रु ५०/किलो

  • बन्दा (लोकल): रु १५/किलो, नरिवल बन्दा: रु २०/किलो

  • घिउ सिमी: रु ७०/किलो

  • तितो करेला: रु ३०/किलो

  • रायो साग: रु ६०/किलो, पालुङ्गो: रु ९०/किलो

फलफूलको मूल्य यसप्रकार:

  • स्याउ (फूजी): रु ३४०/किलो, झोले स्याउ: रु २५०/किलो

  • केरा (दर्जन): रु १६०

  • अनार: रु ३५०/किलो, अङ्गुर (कालो): रु २५०/किलो

  • तरबुजा (हरियो): रु ५०/किलो

  • किबी: रु ४५०/किलो, स्ट्रबेरी: रु २५०/किलो

  • आभोकाडो: रु ६५०/किलो

अन्य प्रमुख मूल्यहरू:

  • अदुवा: रु १००/किलो, हरियो धनिया: रु १५०/किलो

  • लसुन (चाइनिज): रु ३२०/किलो, नेपाली: रु ३००/किलो

  • टमाटर (ख टमाटर): रु १६०/किलो

  • राजा च्याउ: रु ३००/किलो

कृषि बजार विकास समितिका अनुसार मूल्य दैनिक रूपमा आपूर्ति, माग र मौसमी अवस्थाका आधारमा निर्धारण गरिन्छ। उपभोक्ताहरूलाई बजार अनुगमन तथा उचित मूल्यमा सामान खरिद गर्न यस्ता सूचीले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।


धेरै पढिएको