चार वायुले ल्यायो मौसममा परिवर्तन, कोशी र गण्डकीका पहाडमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, १५ जेठ — देशभरको मौसममा हाल चारवटा वायुले संयुक्त प्रभाव पारेको छ। पश्चिमी वायु, स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको कारण नेपालका विभिन्न भागमा बदलीसहितको मौसम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। पहाडी भूभागहरूमा बदली मौसम देखिँदा अन्यत्र मुख्यतः सफा रहन सक्ने जनाइएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसोको समयमा पनि पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी र गण्डकीका पहाडहरूमा केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना देखिएको छ। यस्तो मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, यातायात र हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस