ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

चाैकुने बाट पञ्चपुरी जाँदै गरेको ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

यादव पाैडेल
८ असार २०८२, आइतबार

सुर्खेत  असार ८
चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरीतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्।

दुर्घटनामा परी पञ्चपुरी नगरपालिका वडा नं ८ दुलालथाई निवासी राजु विकभुवाने कामी (भुलाल) को घटनास्थलमै मृत्यु भएको छ।
ट्याक्टरमा सवार अन्य ९ जना घाइते भएका छन्, जसमध्ये तीन जनालाई अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ भने पाँच जनाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा भइरहेको छ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट पल्टिएको अनुमान गरिएको छ। घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा उद्धार कार्य गरिएको थियो।

दुर्घटनाको कारण र विस्तृत विवरण अझै सार्वजनिक भइसकेको छैन भने प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।


धेरै पढिएको