पश्चिम सुर्खेतबासीकाे लागि खुसिको खबर! अब बाबियाचौरमै मालपोत कार्यालय स्थापना हुने
अब बाबियाचौरमै मालपोत कार्यालय स्थापना हुने
पञ्चपुरीको बाबियाचौरमा मालपोत कार्यालय स्थापना हुने पश्चिम सुर्खेत बासीहरुकाे लागी आयाे खुसिकाे खवर
सुर्खेत, असार १२ – प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेकाे सर्वपक्षीय बैठकबाट बाबियाचाैरमा कार्यालय रहने गरी निर्णय गरेकाे छ ।
सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा मालपोत कार्यालय स्थापना तथा कार्यालयको कार्यक्षेत्र निर्धारण गर्ने सम्बन्धमा मिति २०८२ साल असार १२ गते प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायको संयोजकत्वमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
उक्त बैठकमा
प्रमुख जिल्ला अधिकारी गदिश्वर उपाध्याय
पञ्चपुरी नगरपालिकाका प्रमुख लालबिर भण्डारी
चौकुने गाउँपालिकाका अध्यक्ष्य खड्क बि.क. विवश
बराहताल गाउँपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी
प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पाैडेल
मालपोत अधिकृत र नापि अधिकृत समेतकाे उपस्थितिमा निर्णय भएकाे हाे ।
उक्त निर्णयले पञ्चपुरी नगरपालिकामा मालपोत कार्यालय स्थापना गर्ने र सो कार्यालयबाट सेवा दिने क्षेत्रसमेत स्पष्ट गरेको हो ।
निर्णय अनुसार मालपोत तथा नापी कार्यालय पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा कार्यालय रहने गरी स्थापना हुने भएकाे छ । यस कार्यालयबाट पञ्चपुरी नगरपालिकाका सम्पुर्ण वडा हरु १ देखी ११ सम्म तथा साविक गाविसहरु सालकाेट छाप्रे बाबियाचाैर र तातापानी
चाैकुने गाउँपालिकाका सम्पुर्ण वडाहरु तथा साविकका गाविसहरु रेक्चा गुटु बाँसपानी र घाटगाउँ
र वराहताल गाउँपालिकाकाे हकमा हालकाे वडा नम्बर ६ का सेवा ग्राहिहरुले यस कार्यालयबाट सुविधा पाउने छन् ।
यस निर्णयले पश्चिम सुर्खेतका स्थानीय बासिन्दाहरूलाई सुर्खेत मालपोत कार्यालयसम्म धाउनु नपर्ने, सेवा छिटो, सहज र प्रभावकारी हुने विश्वास लिइएको छ ।




प्रतिक्रिया दिनुहोस