चौकुने गाउँपालिकाद्वारा बसन्ते खोलामा ४ वटा ह्युम पाइप जडान, वर्षौँदेखिको समस्या समाधान
सुर्खेत । चौकुने गाउँपालिकाले बसन्ते खोलामा ह्युम पाइप राखेर स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको गम्भीर समस्याको समाधान गरेको छ।

सुर्खेत । चौकुने गाउँपालिकाले बसन्ते खोलामा ४ वटा ह्युम पाइप जडान गरी स्थानीयवासीले वर्षौँदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान गरेको छ। पुल वा ह्युम पाइप नहुँदा सो बाटो प्रयोग गर्ने अधिकांश मोटरसाइकल यात्रीहरू समस्यामा पर्दै आएका थिए।
पानीको बहाव बढ्दा मोटरसाइकल बिग्रिने, कतिपयको इन्जिन नै सिज हुने, साथै केही यात्रुहरू लडेर भिज्नुपर्ने अवस्था समेत रहँदै आएको स्थानीयवासीले बताएका छन्।
जनताले भोग्दै आएका यस्ता समस्याको समाधान गर्न आज मिति २०८२ साल पुस १० गते (क्रिसमस डे) सार्वजनिक बिदाको दिन चौकुने गाउँपालिकाकै २ वटा जेसीबी र १ वटा स्काभेटर प्रयोग गरी बसन्ते खोलामा ह्युम पाइप जडान गरिएको हो।
ह्युम पाइप जडानको कार्य चौकुने गाउँपालिकाका अध्यक्ष खड्का बिबस बासपाने, चौकुने वडा नम्बर ८ का वडा अध्यक्ष कमल जीसी, पत्रकार तथा समाजसेवी दीपक सापकोटा, सशस्त्र प्रहरी लगायतको उपस्थितिमा सम्पन्न गरिएको छ।
सो अवसरमा गाउँपालिका अध्यक्ष बासपानेले जनताको दैनिकीसँग प्रत्यक्ष रूपमा जोडिएका समस्या समाधान गर्नु नै गाउँपालिकाको पहिलो प्राथमिकता रहेको बताउनुभयो।
ह्युम पाइप जडानपछि मोटरसाइकल तथा पैदल यात्रुहरूको आवतजावत सहज भएको छ। यस मार्ग प्रयोग गर्ने यात्रु तथा स्थानीय बासिन्दाले खुशी व्यक्त गर्दै चौकुने गाउँपालिकालाई धन्यवाद दिएका छन्।



प्रतिक्रिया दिनुहोस