लरेन्स बचत तथा ऋण सहकारी संस्थाकाे १४ औँ वार्षिक साधारण सभा सम्पन्न

पश्चिम खबर
४ असोज २०८१, बिहिवार

लरेन्स बचत तथा ऋण सहकारी संस्थाकाे आफ्नो १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आश्विन ३ गते (आज)  चावेलको के. एल टावरस्थित इम्पेरियल बन्क्वेटमा सभा सम्पन्न भएको हो ।

कार्यक्रम संस्थाका अध्यक्ष ताराप्रसाद सुवेदीको सभापतित्वमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल बचत तथा सहकारी सङ्घ ली.का अध्यक्ष चन्द्र प्रसाद ढकाल हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा बागमती प्रदेश बचत तथा ऋण सहकारी सङ्घ ली. का अध्यक्ष उद्धव सापकोटा, सचिव गोविन्द काफ्ले, कोषाध्यक्ष केशव प्रसाद दंगाल, काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घ ली. का महासचिव निरञ्जन सेडाइँ तथा लरेन्स बचत र ऋण सहकारी संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष अजय खनाल हुनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष पुरुषोत्तम महर्जन, सचिव गणेश कुमार मिश्र, कोषाध्यक्ष तेज प्रसाद तिमल्सिना, लेखा समिति संयोजक मुकुन्द राज ढुङगाना, समिति सदस्यहरू विष्णुहरि न्यौपाने, गायत्री ढकाल, राजेशमान सिंह, नवराज भण्डारी, माया न्यौपाने, लेखा समिति सदस्य उज्ज्वल चरण सिंह, अन्जु लामा लगायतको सहभागिता थियो ।

साधारण सभाबाट आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/  ८१ असार मसान्तसम्मको आय व्यय लगायतका वित्तीय विवरण माथि छलफल तथा पारित भएको छ । यस्तै आर्थिक वर्ष २०८१/ ८२ का लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि छलफल तथा पारित भएको संस्थाले जनाएको छ । सभाबाट सञ्चालक समितिले आर्थिक वर्ष २०८०/०८१ मा गरेका सम्पूर्ण कार्यहरूको अनुमोदन समेत गरेको संस्थाले बताएको छ ।  संस्थाको चौधौँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयर धनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष सुवेदी, उपाध्यक्ष महर्जन एवं कोषाध्यक्ष  तिमल्सिनाले स्पष्ट पार्नुभएकाे थियो ।

त्यस्तै संस्थाले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीलाई पुरस्कार तथा सम्मान पनि गरेको छ । संस्थाले बबिता प्रधानलाई उत्कृष्ट बचतकर्ता, प्रकाश सुवेदीलाई उत्कृष्ट ऋणी र सन्तोष पण्डितलाई  उत्कृष्ट कर्मचारीको रूपमा सम्मान तथा पुरस्कार दिएको हो ।

लरेन्स बचत तथा ऋण सहकारी संस्था शिक्षा क्षेत्रमा सक्रिय बौद्धिक व्यक्तित्वहरूको बाहुल्यतामा आधारित भएर स्थापना गरिएको बचत तथा ऋण सहकारी संस्था हो । सुशासन, पारदर्शिता, सदस्यमैत्री र लक्ष्यमुखी भएर आफ्ना सदस्यहरूको आवश्यकता पुरा गर्दै आर्थिक सम्पन्नता प्रदान गर्ने  सङ्कल्प लिएको संस्थाले बताएको छ ।