प्रदेश सरकारले पञ्चपुरी नगरपालिकामा ५० वटा योजना को लागि करिब १७ करोड रुपैयाँ बिनियोजन

पञ्चपुरी नगरपालिकामा ५० वटा योजना कार्यान्वयनमा, करिब १७ करोड रुपैयाँको लगानी

यादव पाैडेल
७ असार २०८२, शनिबार

पञ्चपुरी, सुर्खेत – ७ असार २०८२
पञ्चपुरी नगरपालिकामा चालू आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालय तथा सम्बन्धित निर्देशनालयहरूबाट प्राप्त बजेटमार्फत ५० वटा विकास योजना कार्यान्वयनमा ल्याइने भएका छन्। यसका लागि करिब १६ करोड ९६ लाख रुपैयाँ भन्दा बढीको लगानी हुने भएको छ।

नगरपालिका भित्रका शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, सिंचाइ, सडक, ऊर्जा र पूर्वाधार विकासका विविध योजनाहरू समेटिएका छन्। यी योजनाहरूले नगरको सामाजिक तथा भौतिक रूपान्तरणमा उल्लेखनीय भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रमुख योजनाहरुको विवरण यस प्रकार रहेको छ ।

 


धेरै पढिएको