आगामी आर्थिक वर्षका लागि शंखरापुर नगरपालिकाले ल्यायो १ अर्ब २६ करोडको बजेट
काठमाडौंको शंखरापुर नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि १ अर्व २६ करोड, २३ लाख ९ हजार रुपैयाँको बजेट पारित गरेको छ । शुक्रबार शंखरापुर नगरपालिका वडा नम्बर ३ जहरसिंह पौवा स्थित सामुदायीक हलमा भएको नगरसभाको दशौं अधिवेशनमा बजेट पारित भएको हो । नगरप्रमुख एवं नगरसभाध्यक्ष रमेश नापितले प्रस्तावित बजेटलाई सभामा निर्णयार्थ पेश गर्दा उपस्थित बहुमत सदस्यको सर्वसम्मतिले बजेट पारित भएको हो ।
जसमा चालू खर्च ५६ करोड, ४३ लाख, ९४ हजार ४३२ रुपैयाँ रहेको छ भने पूँजीगत तर्फ ६९ करोड, ५४ लाख, १४ हजार ५६८ रुपैँया छुट्याईएको छ । पारित भएको बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउँनेछ ।
नगर अधिवेशनमा उप्रमुख समिता श्रेष्ठ सहित वडा नम्बर ४ का अध्यक्ष सुनाबहादुर तामाङ, वडा सदस्यहरु दीपक गौतम, जीतबहादुर मोक्तान, सम्झना परियार, गोपिनी तिवारी वडा नम्बर ९ का अध्यक्ष सहदेव श्रेष्ठ, वडा सदस्यहरु गुणदेवी श्रेष्ठ, श्यामकुमार कार्की, सर्मिला परियार र मिलन खड्काले असन्तुष्ट व्यक्त गरेका छन् ।
यस्ता छन् नीति तथा कार्यक्रमका मुख्य विशेषताहरु :
१. शंखरापुर नगरपालिकाका स्थायी बासिन्दाहरूलाई स्वास्थ्य बिमामा ५०% अनुदान
२. ईन्द्रायणी नगर अस्पताललाई स्तरन्नाेति गरि बिशेषज्ञ सहितकाे सेवा
३. बर्थिङ्ग सेन्टर मार्फत गर्भवती महिलाहरूलाई नि:शुल्क भिडियाे एक्स रे सेवा
४. कक्षा ६ देखि १० तहमा स्वयम् सेवक नगर शिक्षककाे व्यवस्था
५. अागामी तीन बर्ष भित्र एउटा माध्यामिक सामुदायिक बिध्यालयलाई मेघा बिधालयकाे रूपमा बिकास गरिने
६. सिटिईभिटीकाे सहकार्यमा ईन्जिनियरिङ ल्याव स्थापना गरिने
७ . एक वडा एक पकेट क्षेत्र कृषक संजाल मार्फत कार्यक्रम संचालन गरिने
८. गुणस्तरीय बीउ उत्पादन र संरक्षण गर्न समुदायलाई प्राेत्साहन गरिने
९.किसान परिचय पत्र वितरण यसै अा.वमा शुरू गरिने
१०.वडा नं ३ मा रहेकाे पशु सेवा केन्द्रलाई थप प्रभावकारी वनाउदै लगिने
११. पर्यटन सुचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाईने
१२. शंखरापुर नगरपालिका र बैंक तथा वित्तीय संस्थाकाे साझेदारीमा व्यवसायिक स्वराेजगारका कार्यक्रम संचालन गरिने
१३. लगानी सम्मेलनकाे पुर्व तयारी चरण हरू पूरा गरि लगानी सम्मेलन गरिने



प्रतिक्रिया दिनुहोस