चक्कु देखाएर पठाओ चालकको मोटरसाइकल, मोबाइल र पैसा लुटपाट गर्ने २ जना साँखुबाट पक्राउ

पश्चिम खबर
१२ साउन २०८१, शुक्रवार

पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना साँखुबाट पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्त वहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ को राहुल तामाङ र वर्ष २१ को मनिष कोइरालालाई पक्राउ गरेको हो ।
उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाण्डौंको शंखरापुर नगरपालिका वडा नम्बर ८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ का खड्कालाई लुटपाट गरेका थिए ।
ललितपुर पाटन अस्पताल नजिकै वस्ने भक्त वहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बा.०२ प०४३ प ९१२५ नम्बरको मोटर साईकल, नगद रु. ६०००।– र मोबाइल १ थान लुटपाट तथा चोरी गरी फरार भएकोमा सोही दिन निजहरुलाई नियन्त्रणमा लिई कानुन वमोजिम थप कारवाहीको लागी तालुक कार्यालयमा पठाईएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरिक्षक नविन चुदालीले जानकारी दिएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल काठमाण्डौको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल साँखुमा बस्दै आएका मनिष कोईराला पक्राउ परेका हुन ।


धेरै पढिएको