‘सबै वर्गले अध्ययन गर्न सर्वसुलभ छ कान्तिपुर क्याम्पस’ : शैलेन्द्र कुइँकेल, क्याम्पस प्रमुख

पश्चिम खबर
२८ भदौ २०८१, बिहिवार

काठमाडौँको कागेश्वरी मनहरा वडा नम्बर ५ थली ओरालोमा रहेको छ कान्तिपुर क्याम्पस । सामुदायिक क्याम्पस भएका कारण आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई गुणस्तरीय शिक्षा लिने गन्तव्यको रूपमा परिचित बन्न सफल भएको छ कान्तिपुर क्याम्पस । प्रस्तुत छ नयाँ पोस्ट डटकमसँग कान्तिपुर क्याम्पसका प्रमुख शैलेन्द्र कुइँकेलसँग गरिएको यो अन्तरवार्ता : 

कान्तिपुर क्याम्पस कस्तो क्याम्पस हो यसको बारेमा जानकारी दिनुहोस् न ? 
कान्तिपुर क्याम्पस कागेश्वरी मनहरा वडा नम्बर ५ थलिमा स्थापित छ । यो एकदमै  स्वच्छ, रमणीय स्थान गोकर्ण जङ्गलको छेउसङै शान्त वातावरणमा सञ्चालित छ । हामीसँग अनुभवी, दक्ष शिक्षकहरू हुनुहुन्छ । हाम्रो क्याम्पस पूर्ण रूपमा सामुदायिक क्याम्पस भएकोले विद्यार्थीहरूले सर्वसुलभ रूपमा अध्ययन गर्न सक्छन् ।
कान्तिपुर क्याम्पसमा अहिले मानविकी, व्यवस्थापन र कानुन सङ्कायमा अध्यापन भइरहेको छ । कम्प्युटर साइन्सको विषय पनि हामीले पढाइरहेका छौँ ।


मानविकी अन्तर्गतका कुन कुन विषयहरू पढाई भइरहेको छ ?
मानविकी अन्तर्गत हामीले नेपाली, समाजशास्त्र, ग्रामीण विकासका विषयहरू अध्यापन गराइरहेका छौँ । यस्तै अहिले कानुनी शिक्षामा पनि विद्यार्थीको रुचि बढिरहेको छ । साँच्चै भन्ने हो भने अहिले सबै नेपालीका लागी कानुनी शिक्षा आवश्यक भइसकेको छ । स्थानीय निकायमा रोजगारीको लागी होस् वा प्रदेश सरकारमा रोजगारी पाउन होस वा सङ्घीय सरकारमा रोजगारीका लागी होस्, कानुन पढेको विद्यार्थी छ भने सहज हुन्छ । अन्य विद्यार्थीका लागी केही कठिन हुन्छ । त्यस कारण कानुन सङ्कायमा विद्यार्थीको आकर्षण बढ्दै आएको छ ।

कान्तिपुर क्याम्पसमा विद्यार्थीका लागि के के सुविधा छन् ? 
यो पूर्णतया जनसहभागितामा सञ्चालित सामुदायिक क्याम्पस हो । पहिलो कुरो त ‘फी स्ट्रकचर नै हामी कहाँ थोरै छ । हामीले छात्रवृत्तिको पनि व्यवस्था गरेका छौं । पैसाकै कारणले उच्च शिक्षा लिन कोही पनि वञ्चित नहुन भन्न लक्ष्यका साथ हामी अगाडि बढिरहेका छौँ । त्यसबाहेक हामीसँग कम्प्युटर ल्याब, प्रत्येक कक्षामा सिसिटिभी, डिजिटल बोर्ड,  टेबलटेनिस्, बास्केटबल लगायतका खेलकुद सामग्रीको व्यवस्था साथै अतिरिक्त कार्यक्रमहरू, सांस्कृतिक कार्यक्रमहरुपनि गर्ने गरेका छौँ ।


कान्तिपुर क्याम्पसमा अध्ययनका लागि कहाँ–कहाँबाट विध्यार्थीहरु आउने गरेका छन् ?
खास गरी सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, ओखलढुङ्गा, पूर्वी जिल्लाका विद्यार्थी धेरै छन् ।  नुवाकोट, मकवानपुरसम्मका पनि विद्यार्थीहरू छन् । जुम्लाका विध्यार्थीहरु पनि छन् । तर तराईका विध्यार्थीहरु चाही केही कम नै छन् ।

कलेजको शुल्क एकदमै कम भएको कुरा गर्नुभयो । असाहायहरुले पनि यहाँ अध्ययन गर्न सक्ने कुरा गर्नुभएको थियो । कलेजले आर्थिक रूपमा कमजोर भएका विध्यार्थीहरुलाई कस्तो सहयोग गर्नुहुन्छ ?
हाम्रो कलेज पूर्ण रूपमा सामुदायिक रहेको र कसैको घर भाडामा लिएर पनि चलाइएको होइन । हामीसँग आवश्यक भौतिक संरचना छन् । हामीसङ पर्याप्त भवनहरुपनि छन्, जग्गापनि छ । हाम्रो उद्देश्य भनेको शिक्षक तथा कर्मचारीहरूलाई पारिश्रमिक दिनु मात्रै हो । त्यस कारण उनीहरूलाई पारिश्रमिक दिन जति चाहिन्छ, त्यति मात्रै उठाउँछौ । कोही विध्यार्थीहरु पैसाको कारणले पढ्न सक्ने अवस्था छैन, आर्थिक रूपमा अत्यन्तै कमजोर छ भनेर अभिभावक लिएर आउँछ भने उनीहरूलाई हामी उच्च शिक्षा लिने वातावरणको निर्माण गर्दछौ । हामीहरूले स्थापनाकालदेखि नै यो काम गरिरहेका छौँ । हाम्रो लक्ष्य नै आर्थिक कारणले कोहिपनि उच्च शिक्षामा पछि नपरून् भन्ने रहेको छ ।


अहिले कान्तिपुर क्याम्पसमा कति शिक्षक विद्यार्थी कति छन् ? 
अहिले हामीसँग लगभग ३३५ जना जति विद्यार्थी रहेका छन् भने २८ जना शिक्षकहरू रहेका छन् ।अहिले शैक्षिक क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा भएपनि अघिल्लो वर्षको तुलनामा विद्यार्थी भर्ना दर बढ्दै गइरहेको छ ।

शैक्षिक क्षेत्रमा अस्वस्थ्य प्रतिस्पर्धा चलिरहेका कुरा गर्नुभयो । अन्य क्याम्पस भन्दा कान्तिपुर क्याम्पस के कुरामा फरक छ ?
अन्य क्याम्पस भन्दा कान्तिपुर क्याम्पस एकदमै फरक छ । यो सबैले पढ्न सक्ने सामुदायिक क्याम्पस हो । खुल्ला ठाउँमा, स्वच्छ शान्त र सफा वातावरणमा कक्षा सञ्चालन गरिरहेका छौँ । हामी घना बस्ती भएको ठाउँमा, अस्वस्थ्य वातावरण भएको ठाउँमा छैनाँै । हामीसङ ठुलठुला कक्षा कोठाहरू छन्, त्यही अनुरूपको डिजिटल बोर्डहरू छन् । हामीसङ खुल्ला मैदान छ, गार्डेन छ,  खेलकुद मैदान छ, हामीसङ भएको आधा भन्दा बढी जग्गा त अझै हामीले प्रयोगमै ल्याउन सकेका छैनाँै । त्यसकारणले घना बस्तीमा हुनु र खुल्ला ठाउँमा पढाई को सन्दर्भमा ठुलो फरक पर्दछ ।
हामीसङ पर्याप्त मात्रामा पूर्वाधारहरू छन्, प्रत्येक कक्षाकोठाहरूमा सिसिटिभी जडान गरेका छाँै । कम्प्युटर ल्याब छ । प्रत्येक कक्षाकोठामा पढाई डिजिटल बोर्डबाटै सञ्चालन गरिरहेका छौ । विध्यार्थीहरुका लागी सांस्कृतिक कार्यक्रमका लागी ठुलो एउटा हलको व्यवस्था गरेका छौ । त्यो हलमा विध्यार्थीहरुले प्रत्येक शुक्रवार आफै कार्यक्रमहरू सञ्चालन गर्दछन् । हामीसङ अन्य आउटडोर खेलका लागी पर्याप्त ठाउँ छ । हामीसङ बास्केटबल कोर्ट छ, भलिबल कोर्ट छ, ब्याडमिन्टन कोर्ट छ, टेवलटेनिस कोर्ट छ । अनुभवी शिक्षक शिक्षिकाहरू हुनुहुन्छ ।


कान्तिपुर क्याम्पस अध्ययन गर्न आउन खोजेका विध्यार्थीहरुलाई के भन्नुहुन्छ ?
एसइई तथा कक्षा १२ पास गर्नुभएका विध्यार्थीहरु भाईबहिनीहरुलाई हार्दिक बधाई दिँदै, एक पटक कान्तिपुर कलेजको भिजिट गरेर आफ्नो सिट सुरक्षित गर्नका लागि आग्रह गर्दछु । स्वच्छ र शान्त वातावरणमा हामी तपाईँहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध छौँ ।

 

 

 


धेरै पढिएको