एसिया प्यासिफिक वैज्ञानिक प्रतिस्पर्धामा सेन्ट लरेन्सकी दीपिका पाल दोस्रो
सेन्ट लरेन्स कलेजकी छात्रा दीपिका पालले मलेसियामा आयोजित एसिया प्यासिफिक सम्मेलन युवा वैज्ञानिक (यङ्ग साइंटिस्ट्स २०२४) प्रतिस्पर्धामा रजत पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गौरवान्वित गरेकी छन् । दीपिकाले लाइफ साइन्सेस (जीवविज्ञान) विधामा (मीट लीफ : ल्याब कल्चर्ड मीट) शीर्षकमा उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै यो सम्मान प्राप्त गरेकी हुन ।
यो सम्मेलन मलेसियाको बायोउ लागुन पार्क रिसोर्ट, मलेका सहरमा१५ देखि १९ सेप्टेम्बर २०२४ मा सम्पन्न भएको थियो ।
विभिन्न मुलुकका युवा वैज्ञानिकहरू बीचकोे यस प्रतिस्पर्धामा दीपिकाले उत्कृष्ट नतिजा निकालेर सेन्ट लरेन्स कलेजको शैक्षिक स्तरलाई पुनः एक पटक प्रमाणित गरेकी छन् ।

सेन्ट लरेन्स कलेजले यस सफलतामा गर्व गर्दै छात्रा दीपिका पाललाई हार्दिक बधाई दिएको छ । कलेजले भविष्यमा पनि यस्ता अवसरहरूमा निरन्तर अन्य विद्यार्थीहरुलाई सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कलेजले हासिल गरेको यो सफलताले अरू बिद्यार्थीहरुलाई पनि सफलता हासिल गर्न, मिहेनत गरेर अघि बढ्न उत्प्रेरणा जगाएको कलेजका अध्यक्ष केशवप्रसाद दंगालले बताउनुभएको छ । सेन्ट लरेन्स कलेज विज्ञान र प्रविधिमा नवीनतम अनुसन्धान र प्रयोगात्मक सिकाइमा विश्वास राख्दै विद्यार्थीहरूलाई अग्रणी बनाउन कटिबद्ध रहेको कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले बताउनुभएको छ ।
कलेजले आगामी दिनमा पनि यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूमा निरन्तर सहभागिता जनाउँदै विश्व मञ्चमा नेपालको नाम उँचो राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।




प्रतिक्रिया दिनुहोस