शंखरापुर बहुप्राविधिक शिक्षालयमा प्रि–डिप्लोमा तहमा निःशुल्क भर्नाका लागि आवेदन खुल्यो
शंखरापुर बहुप्राविधिक शिक्षालय, साँखुले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको तेस्रो चरणको ‘इन्स्योअर’ परियोजना अन्तर्गत २४ महिना अवधि भएको नि:शुल्क प्रि-डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालिमका लागि आवेदन खुला गरेको छ।
यो तालिमको उद्देश्य Automobile र Early Childhood Development Facilitation (ECDF) क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु हो। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा संचालित यस तालिमका लागि ४० जना प्रशिक्षार्थीहरूलाई छनोट गरिनेछ।
तालिममा विशेष गरी महिला, विशेष आवश्यकता भएका व्यक्ति र विपन्न वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। इच्छुकहरूले शंखरापुर बहुप्राविधिक शिक्षालयमा फारम भर्न सक्नेछन् भने शंखरापुर नगरपालिका वडा नम्बर १ बाट पनि फारम उपलब्ध गराइएको वडा नम्बर १ का अध्यक्ष वेदनारायण दंगालले बताउनुभएको छ ।
आवेदन प्रक्रिया
फारम वितरण मिति : २०७९ असोज ४ गतेदेखि
फारम बुझाउने अन्तिम मिति : २०७९ असोज १६ गतेसम्म
लिखित परीक्षा मिति : २०७९ कात्तिक ३ गते बिहान ८ बजे
अन्तर्वार्ता मिति : २०७९ कात्तिक ३ गते दिउँसो १ बजे
अन्तर्वार्ता स्थल : शंखरापुर बहुप्राविधिक शिक्षालय
आवश्यक कागजातहरू
-SLC/SEE मा सहभागी भएको प्रमाणपत्रको प्रतिलिपि
-हालसालै खिचिएको पासपोर्ट साइजको फोटो
-नेपाली नागरिकताको प्रतिलिपि
थप जानकारीको लागि इच्छुकहरूले ०१-४४५०५२५, ९८५१२२४००२३, ९८५१२१०९१४५ लगायत सम्पर्क नम्बरहरूमा जानकारी लिन सकिनेछ।
तालिमले विशेषगरी प्राविधिक शिक्षामा सहभागी हुन चाहने व्यक्ति तथा पिछडिएको वर्गलाई प्राविधिक दक्षता प्रदान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने महत्वपूर्ण को रुपमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस