सुनको मूल्य तोलामा ४ सयले बढ्यो, चाँदी स्थिर

पश्चिम खबर
२ पुष २०८१, सोमबार

काठमाडौं: आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले बढेर एक लाख ५१ हजार २ सय पुगेको छ। आइतबार सुन तोलामा एक लाख ५० हजार ८ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १,८४० मा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

सुनको मूल्यमा आएको वृद्धिले बजारमा थप चहलपहल बढ्ने अनुमान गरिएको छ।