एसिसी यु-१९ महिला एसिया कप
नेपाल र भारतबीच आज एसिसी यु-१९ महिला एसिया कपको रोमाञ्चक भिडन्त
काठमाडौं । एसिसी यु–१९ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल र भारत आज प्रतिस्पर्धा गर्दैछन्। खेल मलेसियाको बायुमास ओभलमा बिहान ११:४५ बजे सुरु हुनेछ।
नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक रूपमा सुपर ४ मा स्थान बनाएपछि भारतसँगको खेलमा उत्रन लागेको हो।
समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै नेपाल समूह बी मा सुपर ४ मा प्रवेश गरेको थियो। आजको खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ, जुन समूह चरणको अन्तिम खेल हुनेछ।
सुपर ४ मा पुगेपछि नेपालले समूह ए का शीर्ष दुई टोलीसँग बिहीबार र शुक्रबार खेल्ने तालिका छ। सुपर ४ को शीर्ष दुई टोली आइतबार हुने फाइनलमा भिड्नेछन्।
नेपालको प्रदर्शनप्रति क्रिकेट प्रेमीहरूको उत्साह र आशा उच्च छ।



प्रतिक्रिया दिनुहोस