एनपिएल अपडेट
एनपीएल प्लेअफ: आज दुई निर्णायक खेल हुदै
इलिमिनेटर: चितवन राइनोज र कर्णाली याक्सको भिडन्त
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान ९ बजे चितवन राइनोज र कर्णाली याक्सबीच इलिमिनेटर खेल हुँदैछ। यो खेल ‘नकआउट’ हुनेछ, जसमा पराजित टोलीको एनपीएल यात्रा समाप्त हुनेछ भने विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ।
क्वालिफायर १: सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमनेसामने
आज दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच क्वालिफायर १ हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने हार्ने टोलीले दोस्रो क्वालिफायरमा अन्तिम अवसर पाउनेछ।
समूह चरणको झलक
- चितवन र कर्णालीले समान नतिजा (४ जीत, ३ हार) सहित ८ अंक जोडेका थिए।
- सुदूरपश्चिमले १२ अंकसहित शीर्ष स्थान हासिल गर्यो।
- जनकपुरले १० अंकसहित दोस्रो स्थानमा रह्यो।
जनकपुरका कप्तान अनिलकुमार साह घाइते भएपछि कप्तानीको जिम्मा आसिफ शेखले लिएका छन्।



प्रतिक्रिया दिनुहोस