शंखरापुर वडा स्तरीय शिक्षक भलिबल प्रतियोगिता
बुधबार देखि हुन गईरहेको शंखरापुर नगर विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पूर्व सन्ध्यामा शंखरापुर वडा स्तरीय शिक्षक भलिबल लिग सुरु भएको छ । मंगलबार साँखु स्थित सिटिइभिटीको मैदानमा शिक्षकहरुबीच भलिबल प्रतियोगिता सुरु भएको हो । शिक्षकहरुको भलिबल प्रतियोगिता लिग चरणमा रहेको प्रतियोगिताका संयोजक श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । बुधबार बिहान साढे ७ बजे जहरसिंह पौवामा प्रतियोगिताको उद्घाटन हुँदैछ । हेर्नुहोस बुधबार भएको खेलका केही तस्वीरहरु :





प्रतिक्रिया दिनुहोस