थाइल्याण्डमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९ वर्षका इशान दंगाललाई स्वर्ण पदक

पश्चिम खबर
१९ फागुन २०८१, आइतबार

थाइल्याण्डको बैंककस्थित रतन बन्दित विश्वविद्यालयको कवर्डहलमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालका इशान दंगालले स्वर्ण पदक जित्न सफल भएका छन्।

९ देखि १० वर्ष उमेर समूहअन्तर्गत प्रतिस्पर्धामा सहभागी भएका इशानले भारत र थाइल्याण्डका खेलाडीलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा गर्व गर्ने अवसर प्रदान गरेका छन् । हालै भएको सो प्रतियोगितामा पहिलो स्थान पाएसँगै दंगालले ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

यस जितसँगै इशानको कराँते यात्रा थप उज्यालो भएको छ। उनको सफलता नेपाली खेल क्षेत्रमा प्रेरणादायी मानिएको छ। सो प्रतियोगितामा विजयी भएर नेपाल फर्किएसँगै उनलाई खेलसम्बद्ध विभिन्न संस्थाहरुले सम्मान गरेका छन् । काठमाडौंको शंखरापुरका उनी हाल जोरपाटीस्थित वेव स्कूलमा कक्षा ४ मा अध्ययनरत छन् ।


धेरै पढिएको