एनपीएल क्रिकेटको दोस्रो क्वालिफायरमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेल आज बिहीबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुँदैछ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ बजे सुरु हुने यो खेलमा जित्ने टोलीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि हिजोको खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स पहिलो संस्करणको एनपीएलको फाइनलमा प्रवेश गरिसकेको छ।
हिजोको पराजयका बाबजुद जनकपुरले फाइनल पुग्ने अर्को मौका पाएको छ। अर्कोतर्फ, हिजो भएको इलिमिनेटर खेलमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो। प्रतियोगिताको फाइनल खेल पर्सि शनिबार हुनेछ।



प्रतिक्रिया दिनुहोस